News Category 2078/09/02
विपद्बाट जुद्धन पूर्वतयारी आवश्यक
गरिब, निमुख्खा जनतालाई चिसोबाट बचाउनका लागि स्थानिय तहहरुले पूर्व तयारीमा जुट्नु पर्ने बेला आएको छ । विगतका वर्षहरुमा चिसोका कारण दर्जनौं जनताले ज्यान गुमाउने परेको थियो । चिसो बढ्दै जाँदा सितलहरका कारण गरिब, निमुख्खा जनताहरुलाई न्यानो कपडाको अभाव महसुस हुन्छ । ती गरिब जनतालाई दुई छाक टार्न पनि धौं धौं परेको अवस्थामा स्थानिय तहले उनीहरुप्रति ध्यान पु¥याउन पनि उत्तिकै आवश्यक छ । यसका लागि अहिले देखी नै उनीहरुका लागि न्यानो कपडा तथा आगो ताप्न दाउराको प्रबन्ध मिलाउनका लागि पूर्व तयारी आति आवश्यक छ ।
सप्तरीमा अन्य जिल्लाको तुलनामा बढी दलित, गरिब जनताहरुको बसोवास रहेको छ । उनीहरुको आर्थिक अवस्था अत्यन्त न्युन रहेको छ । उनीहरुलाई बस्ने स्थानको समेत अभाव रहेको छ भने खाने कुराको प्रबन्ध मिलाउन अत्यन्त कठिनाई हुने गरेको छ । त्यसमा पनि चिसोको मौसममा न्यानो कपडाको व्यवस्था मिलाउन अरुकै मुख ताक्नु पर्ने अवस्था सबैसामु छर्लङ्गै रहेको छ । सो अवस्थामा उनीहरुको अभिभावक भनेकै स्थानिय सरकार हो । स्थानिय सरकारले उनीहरुलाई दुःख परेको बेला सहयोग गर्नु नैतिक जिम्मेवारी पनि हो । जसकारण अहिलेदेखी नै कठिनाईको अवस्थालाई मध्यनजर गरि पूर्व तयारी गरेर ती निमुख्खा जनतालाई सहयोग गर्नेतर्फ अग्रसर हुनु आवश्यक छ ।
विपद् कसैलाई भनेर वा कुनै समयसीमा नतोकी आउने गर्दा त्यसबाट जोगिन पूर्वतयारी नै उत्तम विकल्प भन्ने कुरा सबैले मनन् गर्नुपर्छ । तसर्थ त्यस्तो अवस्थासँग जु्द्धन सबै स्थानिय तहले आजैबाट तयारीमा जुट्नुका साथै आगामी दिनहरुमा आउने सक्ने अन्य विपद्बाट जोगिन वा न्युनिकरण गर्न दिर्घकालिन रणनीति बनाउनु पनि उत्तिकै आवश्यक रहेकोे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ