News Category 2078/09/05
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
दैनिक समाचारदाता
सिरहा, ५ पुस ।
सिरहाको गोलबजार नगरपालिका ६ डोहटियाका बासिन्दाले सोमबार पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । प्रशासनले हत्या घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै उनीहरुले राजमार्ग अवरुद्ध गरेका हुन् ।
छुरा प्रहार घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै डोहटियाका सयौं महिला र पुरुषले लाठी बोकेर गोलबजारस्थित राजमार्गमा प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् ।
सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । सो झडपमा केही प्रहरी घाइते भएका छन् ।
आइतबार प्रशासनसँग भएको सहमति अनुसार २४ घण्टाभित्र अपराधीलाई पक्राउ नगरेकाले आफूहरु पुनः आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरुले बताएका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्नुका साथै बजार समेत बन्द गराएका छन् ।
आन्दोलनकारीले मेयरले हत्यारा पक्राउ गर्न पहल नगरेको भन्दै गोलबजार नगरपालिकामा तालाबन्दी समेत गरेका छन् । करिब साढे ११ बजेदेखि नै राजमार्ग अवरुद्ध गरिएपछि हजारौं सवारी साधन र यात्रुहरु अलपत्र परेका थिए ।
अपराधीलाई अविलम्ब पक्राउ गरी सजायँ दिनुपर्ने, पीडितलाई क्षतिपूर्ती र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने आन्दोलनकारीको माग छ ।
शनिबार साँझ गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । रामकुमारको मृत्यु भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । मृतकको शव पीडित परिवारले बुझ्न मानेका छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ