News Category 2078/09/06
स्थानिय सरकारको अनुभूती दिलाऊ
विगत तीन दिनदेखी चिसो बढ्दै गएको छ । यता चिसो बढेसँगै पुनः कोरोनाको त्रास समेत बढ्दै गएको छ । एक त चिसो त्यसमा पनि कोरोनाको त्रासले गर्दा जनजिवन प्रभावित भएको छ । चिसोका कारण गरिब, निमुख्खा जनताहरु न्यानो कपडाको पखाईमा छन् । उनीहरुका लागि स्थानिय तहले न्यानो कपडा तथा चिसोबाट बच्नका लागि अन्य प्रबन्ध मिलाउने आश्वासन दिनुका साथै बजेट समेत छुट्याएका छन् । तर, अहिलेसम्म स्थानिय तह आफ्नो प्रतिबद्धताप्रति बेखबर छन् भने बजेटलाई कुन प्रकारले प्रयोगमा ल्याउने बारे ध्यान दिनसकेका छैनन् ।
यसरी गरिब जनता चिसो छल्न अरुकै मुख ताकिरहेको अवस्था छ भने कोरोनाको कहर पुनः बढ्न सक्ने सम्भावनाप्रति विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन सबैलाई अपील गरेको छ । यस्तो अवस्थामा स्थानिय तहहरुले चिसो र कोरोनाको बढ्दो त्रासप्रति सतर्कता अपनाउन हालसम्म कुनै ठोस नीति अवलम्वन गर्न सकिरहेका छैनन् । जोखिम बढ्दै जाने अवस्थामा मात्र उनीहरु आफ्नो हाउभाउ देखाउने पुरानो बानीलाई सुधार गर्न सकेको अवस्था छैन् ।
तसर्थ चिसो र कोरोना दुबैबाट जनतालाई बचाउन स्थानिय सरकार गम्भिर हुनु आवश्यक छ । यसप्रति स्थानिय सरकारले जनताप्रति उत्तरदायित्व बहन गर्न सक्नुपर्छ । अनि मात्र जनतालाई स्थानिय सरकारको अनुभूती हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ