News Category 2071/05/29
शसस्त्र प्रहरीद्वारा संचारकर्मीप्रति अभद्र व्यवहार
राजविराज÷शसस्त्र प्रहरीले दुई संचारकर्मीमाथी शनिबार क्यामरा खोसी अभद्र व्यवहार गरेको छ ।
नेपाल पत्रकार महासंघका सदस्य एवं ग्रीन मधेश दैनिकका समाचारदाता गंगाप्रसाद साह र राजबिराज टुडेका भारदह समाचारदाता आनन्दमोहन शर्मालाई शसस्त्र प्रहरीले शनिबार दुब्र्यवहार गरि शर्माको क्यामेरा खोसेको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ध्यानाकर्षण भएको छ ।
महासंघका सचिव ओमप्रकाश साहद्वारा शनिबार जारि विज्ञप्तिमा पुनराबेदन अदालत राजबिराजको आदेशले अदालतका कर्मचारी समेतको उपस्थितीमा पोर्ताहा गाविस २ स्थित महाबिर राम र हिरालालको घर टहरा भत्काएको समाचार संकलनका क्रममा फोटो खिच्न खोज्दा शसस्त्र प्रहरी भारदह बेशबाट गएको टोलीले पत्रकारद्धयलाई दुब्यबहार गरी क्यामेरा खोसेको जनाइएको छ ।
शसस्त्र प्रहरीबाट भएको उक्त घटना अत्यन्त निन्दनीय भएकोले खेद ब्यक्त गदै विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सचेत गराउर्दै प्रेस स्वतन्त्रता बिरुद्ध हुने यस्ता घटनाका बिरुद्ध महासंघ कडा आन्दोलनमा जान सक्ने जानकारी समेत दिइएको छ ।
यसैगरि नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष रामनारायण विश्वसाले एक विज्ञप्ति जारि गर्दै सशस्त्र प्रहरीको सो कार्यप्रति घोर भत्र्सना गरिएको छ । विज्ञप्तिमा सशस्त्रले पत्रकारको क्यामेरा खोस्नु जनतालाई सूचना पाउनबाट बञ्चित गराउनु मनसायबाट प्रेरित भएको ठहर गरिएको छ ।
सशस्त्र प्रहरी जवान दिलकुमार लिम्बुले खोसेको निकोनको एक थान क्यामेरा अविलम्ब युनियनका कार्यसमिति सदस्य आनन्दमोहन शर्मा ‘राजु’ लाई उपलब्ध गराई आईन्दा यस्तो गैरजिम्मेवार कार्य सम्बन्धित पक्षबाट हुन नदिने तर्फ सचेत हुन सम्बन्धित पक्षलाई विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।
साथै विज्ञिप्तमा भनिएको छ, “हाम्रो माग यथासिघ्र पूरा नभए हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने जानकारी यसै विज्ञप्ती मार्फत सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदछौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ