News Category 2078/09/07
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी
दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
धनगढीमा जारी प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा प्रदेश २ ले जित हात पारेको छ ।
बुधवार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश २ ले गण्डकीलाई ७ बिकेट पराजित गरेको हो ।
टस जितेर गण्डकी प्रदेशले १७ ओभरमा सबै बिकेट गुमाई ३९ रन मै सिमित रहे । जसमा अन्जली बिश्वास १५ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन भने बाकी अतिरक्त १३ रन भएका थिए ।
बलिङतर्फ प्रदेश २ का संतोषी चौधरी ३, अनुराधा चौधरी २ तथा रोजी कडारी र सरस्वती चौधरी १÷१ बिकेट हात पारेकी थिइन् ।
जवाफमा ४० रनको लक्ष्य लिएर मैदानमा ओर्लेका प्रदेश २ ले १० ओभर ३ बल खेल्दै ३ बिकेटको क्षतिमा बिजयी हात पारेको थियो । टिमलाई जिताउन साना प्रविणले १३ रन जोडेकी थिइन् भने अर्का खेलाडी अनुराधा चौधरीले १२ रन जोडेकी थिइन् ।
खेलको प्लेयर अफ दि म्याच बिजय टिमकी अनुराधा चौधरी घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ