News Category 2078/09/12
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
दैनिक समाचारदाता
सिरहा, ११ पुस ।
बन्दको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले सिरहाको गोलबजारमा आइतबार दिउँसो एक ट्रकमा आगजनी गरेको छ भने दर्जनौं सवारीसाधन तोडफोड गरेका छन् ।
गहुँको बिउ लुटेको आरोपमा चारजना किसानबिरुद्ध मुद्दा र एक जनालाई पक्राउ गरेको बिरोधमा जनमत पार्टीले आइतबार आह्वान गरेको एक दिने सिरहा बन्दका क्रममा सो अगजनी र तोडफोड गरेको हो ।
पार्टीका कार्यकर्ताहरुले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख. ५५२२ नम्बरको सिमेन्ट लोड गरिएको उक्त ट्रकमा आगजनी गर्दा अधिकांश भाग जलेको छ ।
डा. सीके राउत नेतृत्वको सो पार्टीका कार्यकर्ताहरुले बिहानैदेखी राजमार्ग अन्तरगत जिल्लाको लहान, गोलबजार, मिर्चैयालगायत अन्य बजारहरुमा प्रदर्शन गर्नुका साथै बन्दको अवज्ञा गरेको भन्दै दर्जनौं सवारीसाधनलाई तोडफोड गरेका छन् ।
जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ