News Category 2071/05/29
नेवि संघको महाधिवेशन स्थगित
काठमाडौँ÷आइतबारदेखि हुने भनिएको नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशन स्थगित भएको छ ।
महाधिवेशनको मिति आइसक्दा पनि केही जिल्लाको अधिवेशन गर्न बाँकी र अधिवेशन सम्पन्न भइसकेका जिल्लाहरुमा पनि महाधिवेशन प्रतिनिधिहरुमा विवाद कायमै रहेपछि महाधिवेशन स्थगित गरिएको हो ।
महाधिवेशनका लागि केही जिल्लामा अधिवेशन हुन बाँकी नै रहेको र केही जिल्लामा महाधिवेशन प्रतिनिधि विवाद भएका कारण शनिबार बिहान बसेको नेपाली काँग्रेस पदाधिकारी बैठक पछि महाधिवेशनका लागि गठित पार्टीको निर्देशक समितिको निर्देशनअनुसार नेपाल विद्यार्थी सङ्घले महाधिवेशन स्थगित गरेको नेपाली काँग्रेस विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार स्थगित महाधिवेशन बाँकी जिल्लाका अधिवेशन सम्पन्न गरी प्रतिनिधिको अन्तिम सूची तय गरेको दुई हप्ताभित्रमा हुनेछ ।
लगभग २५०० प्रतिनिधि सहभागी हुने महाधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट आइसकेका लगभग ५० प्रतिशतभन्दा बढी प्रतिनिधिहरु महाधिवेशन स्थगित भएसँगै थप अन्योलमा परेका छन् ।
विसं २०६४ पछि लामो समयसम्म महाधिवेशन हुन नसकेको नेवि सङ्घको महाधिवेशन पटक–पटक स्थगित हुँदै जाँदा सङ्घको नेतृत्व विकास प्रत्यक्षरुपमा प्रभावित भएको त्रिपाठीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ