News Category 2071/05/29
नेवि संघको महाधिवेशन स्थगित
काठमाडौँ÷आइतबारदेखि हुने भनिएको नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशन स्थगित भएको छ ।
महाधिवेशनको मिति आइसक्दा पनि केही जिल्लाको अधिवेशन गर्न बाँकी र अधिवेशन सम्पन्न भइसकेका जिल्लाहरुमा पनि महाधिवेशन प्रतिनिधिहरुमा विवाद कायमै रहेपछि महाधिवेशन स्थगित गरिएको हो ।
महाधिवेशनका लागि केही जिल्लामा अधिवेशन हुन बाँकी नै रहेको र केही जिल्लामा महाधिवेशन प्रतिनिधि विवाद भएका कारण शनिबार बिहान बसेको नेपाली काँग्रेस पदाधिकारी बैठक पछि महाधिवेशनका लागि गठित पार्टीको निर्देशक समितिको निर्देशनअनुसार नेपाल विद्यार्थी सङ्घले महाधिवेशन स्थगित गरेको नेपाली काँग्रेस विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार स्थगित महाधिवेशन बाँकी जिल्लाका अधिवेशन सम्पन्न गरी प्रतिनिधिको अन्तिम सूची तय गरेको दुई हप्ताभित्रमा हुनेछ ।
लगभग २५०० प्रतिनिधि सहभागी हुने महाधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट आइसकेका लगभग ५० प्रतिशतभन्दा बढी प्रतिनिधिहरु महाधिवेशन स्थगित भएसँगै थप अन्योलमा परेका छन् ।
विसं २०६४ पछि लामो समयसम्म महाधिवेशन हुन नसकेको नेवि सङ्घको महाधिवेशन पटक–पटक स्थगित हुँदै जाँदा सङ्घको नेतृत्व विकास प्रत्यक्षरुपमा प्रभावित भएको त्रिपाठीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ