News Category 2078/09/12
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पुस १४ गतेदेखी राजबिराजमा प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता हुँदैछ ।
सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट संघको समन्वयमा पुस १४ देखि राजबिराजमा सुरू हुने भनिएको प्रतियोगिताको सम्पुर्ण तयारी भएको छ ।
प्रदेश २ को सप्तरीसहित आठ वटै जिल्ला सम्मलित सो प्रतियोगिता राजबिराजस्थित राजरंगशाला र मबिव क्याम्पस राजबिराजको खेलमैदानमा हुने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् ।
महबुब आलमको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरिएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
चयन गरिएका खेलाडीहरूमा महबुव आलम कप्तान, आशिष झा उपकप्तान तथा किपर, अमित यादब, रोहन बिक, रोहित सिँह, रोबिन सिँह, नितेश यादब, धिरज मण्डल, अजय यादब, निरज यादब, बिकास दास, अमित मण्डल, पप्पु यादब, भोला साह रहेका छन ।
यस्तै बैकल्पिक खेलाडीहरूमा नितेश यादब, बिकास दास, अभिषेक कार्कीलाई राखिएको खेलाडी छनोट समितिका सदस्य रोशन मण्डलले जानकारी दिए ।
सो प्रदेश छनोट प्रतियोगिताबाट यही पुस २५ गते देखी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ को टिम चयन गरिने प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ