News Category 2078/09/12
प्रदेशको नाम र राजधानीका लागि दलहरु एकमत हुनु आवश्यक
हाल नेपालको सात प्रदेश मध्ये पाँच प्रदेशको नामाकरण र स्थायी राजधानी समेत तोकिसकेको छ । तर, प्रदेश १ र प्रदेश २ को नामाकरण र स्थायी राजधानीको अझ टुङ्गो लाग्न सकिरहेकोे छैन । यता प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि एक पटक प्रदेशसभाबाट प्रस्ताव विफल भइसकेको अवस्थामा पुनः सोही सभामा दोश्रो पटक प्रस्ताव दर्ता भएको छ । प्रदेश २ संसद्मा अहिले विभिन्न राजनीतिक दलहरुले छुट्टाछुट्टै नाम प्रस्ताव गरेका छन् । ‘मधेस प्रदेश’ को प्रस्तावमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकमत छन् । तर, अर्का सत्तारुढ दल नेपाली काँग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ प्रस्ताव गरेको छ । काँग्रेसका एक सांसद् राजेश्वरप्रसाद साहले भने प्रदेशको नाम ‘मध्य मधेस’ प्रस्ताव गरेका छन् । यता सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवले प्रदेशको नाम ‘जानकी’ प्रस्ताव गरेका हुन् ।
प्रदेश २ को प्रदेशसभामा एक सय ४ जना सदस्य छन् । प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, माओवादी केन्द्रका ८ सांसद छन् । प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुईतिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ । तर, जसपा, लोसपा र माओवादी केन्द्रको समर्थनले मात्र प्रदेशसभाबाट मधेस नाम पारित हुने सम्भावना नभएकाले दलहरुभित्र प्रदेशको नामाकरणको सवाल फेरि सकसमा परेको छ । यसरी प्रदेश स्थापना भएको चार वर्ष हुन लाग्दा नाम र राजधानी अझै अनिश्चित नै छ । अबको एक केही महिनापछि प्रदेशसभाको समयावधी पुग्ने छ । उक्त अवधीमा पनि दलहरु नाम र राजधानीका लागि एकमत नभए अन्यौलको वातावरणमै प्रदेशसभाको आयु सकिने छ । तसर्थ यसका लागि सम्पूर्ण दलहरु प्रदेशको नामाकरण र राजधानीका लागि एकमत हुनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ