News Category 2078/09/15
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बिहीबार सप्तरी र रौतहट बिजयी भएका छन् ।
सप्तरीका स्पिनर अजय यादबले उत्कृष्ट बलिङ गर्दै धनुषाको ७ बिकेट लिएपछि उक्त जित हासिज गरेको हो । मबिव क्याम्पस खेलमैदानमा टस जितेर धनुषाले निर्धारित ४७ ओभरको खेलमा ३५ ओभर ४ बल खेल्दै सबै बिकेट गुमाई १ सय ३ रन मै सिमित रहयो । जसमा हिमांसु दत २६, हरेकृष्ण साह २१, रंजित यादब १९ तथा रौनक रत्नमले १० रन बनाएका थिए ।
बलिङतर्फ सप्तरीका स्पिनर अजय यादबले १० ओभरमा २६ रन दिएर ७ बिकेट लिएका थिए भने रोहित सिँह, अनिल यादब, बिकास दासले १÷१ बिकेट लिएका थिए ।
जवाफमा सप्तरीले २७ ओभर २ बल खेल्दै ५ बिकेट गुमाएर उक्त जित हासिल गरेको छ । जसमा टिमलाई जिताउन महबुव आलमले अविजित ३८, रोबिन सिँह अबिजित २८ तथा निरज यादबले १५ रन बनाएका थिए । यता धनुषाका दिवयान्सु मल्लिकले ३ बिकेट तथा रूपेश यादब र आकाश यादबले १÷१ बिकेट हात पारे । सो खेलको म्यान अफ दि म्याच सप्तरीका अजय यादब घोषित भए ।
यसैगरी बिहीबारै सम्पन्न दोस्रो खेलमा रौतहटले महोत्तरीलाई ७५ रनले हराएको छ । टस जितेर रौतहटले निर्धारित ४० ओभरमा ८ बिकेट २ सय ४४ रन बनाएको थियो । जसमा सुरज साहले उत्कृष्ट ब्याटिङ गर्दै ६० बलमा ५ छक्का र ४ चौक्काको मदतले अविजित ८६ रन बनाएका थिए । त्यस्तै सचिन यादब ३८ र असचल चौधरी ३६, डब्लु मल्लिक २० रन र राज पटेल १२ रन जोडेका थिए ।
यता बलिङतर्फ महोत्तरीका जेम्स मण्डल ४ बिकेट तथा आरसद अंसारी र रबी सिँह १÷१ बिकेट हात पारेका थिए । जवाफमा महोत्तरीले ३३ ओभर ३ बलमै सबै बिकेट गुमाई १ सय ६९ रन मै सिमित रहयो । जसमा सुजित साह ३९ रन, राहुल प्रताप सिँह ३८ रन हरेकृष्ण झा २७ रन राजकुमार सहनीले १४ रन बनाएका थिए ।
बलिङतर्फ रौतहटका राजेश यादब ३ बिकेट नितेश यादब र डब्लु मल्लिक २÷२ तथा नरेश साह, शनि साह, सुरज साह १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच बिजय टिमका सुरज साह घोषित भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ