News Category 2078/09/21
बारालाई प्रदेश २ क्रिकेटको उपाधी
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि राजविराजमा भएको प्रदेश २ स्तरिय छनोट प्रतियोगिताको उपाधी बाराले जितेको छ ।
राजविराजस्थित राजरंगशालामा बुधबार भएको फाइनल खेलमा बाराले धनुषालाई ३४ रनले पराजित गर्दै उपाधी जितेको हो ।
टस जितेर बाराले पहलिो ब्याटिङ गर्दै १ सय २५ रनको योगफल खडा गरेको थियो । जसमा तिर्थराज दास २३, साहिल पटेल १६, जितेन्द्र यादब १७, रबी साह १४ र आशुतोष पटेल तथा निखिल सिँहले समान १०/१० रनको योगदान दिएका थिए । बलिंङतर्फ धनुषाका आकाश राय ३, बिकास सुशलिंग र रूपेश यादबले २/२ बिकेट हात पारेका थिए ।
१ सय २६ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको धनुषा २२ दशमलव ५ ओभरमै ९१ रनमा समेटिएको थियो । धनुषाका लागि अकबर अली (अविजित) ३८ र परशुराम यादबले ११ रनको योगदान दिएका थिए । अन्य ब्याट्समयानले दोहोरो अंक पार गर्न सकेनन् । बलिंङतर्फ बाराका समीर नेपालले उत्कृष्ट बलिंग गर्दै ४, आशुतोष पटेल, जितेन्द्र यादब र कुमार थापाले २/२ बिकेट बाडेका थिए । उक्त फाइनल खेलको म्यान अफ दि म्याच बाराका समीर नेपाल घोषित भए ।
प्रतियोगिताको म्यान अफ दि सिरिज सप्तरीका अजय यादब, बेस्ट ब्याट्सम्यान सिरहाका म्यान शैलेन्द्र साह तथा सप्तरीका अजय यादब बेस्ट बलर घोषित भए ।
प्रदेश २ क्रिकेट संघको सहयोगमा क्रिकेट संघ सप्तरीले आयोजना गरेको प्रतियोगितामा बिजेतालाई प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशन सिँह, प्रदेश २ क्रिकेट संघका अध्यक्ष हिरा भगत, प्रदेश २ का उपाध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, कोषाध्यक्ष तुलानाथ माझी लगायतले पुरस्कार बितरण गरे । कार्यक्रमको संचालन सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादबले गरेका थिए ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटे प्रतियोगिता यही पुस २५ गतेदेखी काठमाडौंमा हुने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ