News Category 2078/09/21
बारालाई प्रदेश २ क्रिकेटको उपाधी
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि राजविराजमा भएको प्रदेश २ स्तरिय छनोट प्रतियोगिताको उपाधी बाराले जितेको छ ।
राजविराजस्थित राजरंगशालामा बुधबार भएको फाइनल खेलमा बाराले धनुषालाई ३४ रनले पराजित गर्दै उपाधी जितेको हो ।
टस जितेर बाराले पहलिो ब्याटिङ गर्दै १ सय २५ रनको योगफल खडा गरेको थियो । जसमा तिर्थराज दास २३, साहिल पटेल १६, जितेन्द्र यादब १७, रबी साह १४ र आशुतोष पटेल तथा निखिल सिँहले समान १०/१० रनको योगदान दिएका थिए । बलिंङतर्फ धनुषाका आकाश राय ३, बिकास सुशलिंग र रूपेश यादबले २/२ बिकेट हात पारेका थिए ।
१ सय २६ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको धनुषा २२ दशमलव ५ ओभरमै ९१ रनमा समेटिएको थियो । धनुषाका लागि अकबर अली (अविजित) ३८ र परशुराम यादबले ११ रनको योगदान दिएका थिए । अन्य ब्याट्समयानले दोहोरो अंक पार गर्न सकेनन् । बलिंङतर्फ बाराका समीर नेपालले उत्कृष्ट बलिंग गर्दै ४, आशुतोष पटेल, जितेन्द्र यादब र कुमार थापाले २/२ बिकेट बाडेका थिए । उक्त फाइनल खेलको म्यान अफ दि म्याच बाराका समीर नेपाल घोषित भए ।
प्रतियोगिताको म्यान अफ दि सिरिज सप्तरीका अजय यादब, बेस्ट ब्याट्सम्यान सिरहाका म्यान शैलेन्द्र साह तथा सप्तरीका अजय यादब बेस्ट बलर घोषित भए ।
प्रदेश २ क्रिकेट संघको सहयोगमा क्रिकेट संघ सप्तरीले आयोजना गरेको प्रतियोगितामा बिजेतालाई प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशन सिँह, प्रदेश २ क्रिकेट संघका अध्यक्ष हिरा भगत, प्रदेश २ का उपाध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, कोषाध्यक्ष तुलानाथ माझी लगायतले पुरस्कार बितरण गरे । कार्यक्रमको संचालन सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादबले गरेका थिए ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटे प्रतियोगिता यही पुस २५ गतेदेखी काठमाडौंमा हुने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ