News Category 2070/03/19
आत्मनिर्भर बन्दै महिलाहरु
नवीनकुमार गुप्ता
राजविराज, १८ असार ।
सप्तरीको महदेवा गाविस १ की गितादेवी भैंसी पालन गरेर आफैं आत्मनिर्भर बन्ने धुनमा छिन् । भैंसीको दध बिक्री गरी उनी मासिक ५ देखी ७ हजारसम्म बचत गर्ने गरेकी छिन् । ‘गरिबी निवारण कोषले दिएको रु. २५ हजार ऋण रकम र आफूले बचत गरेको रु. १६ हजार रकम मिलाएर सुरुमा एउटा भैंसि खरिद गरे उनले भनिन् “एउटा भैंसीबाट अहिले दुईवटा बनेको छ । प्रत्येक दुई महिनामा लिएको ऋण वापतको रु. २ हजार ३ सय ३४ किस्ता बुझाउँदै आएको उनले सुनाइन् ।
‘भैंसीले दैनिक साँझ र बिहान गरी ७ लिटर दुघ दिने गर्छ जसमध्ये ५ लिटर दुध बजारमा बिक्री र बाँकी परिवारजनले खाँदै आएको छ’ उनले भनिन् ।
गीतादेवीसँगै महदेवा गाविसका महिलाहरु गरिवी निवारण कोषको ऋण दिगौ ग्रामिण विकास नेपाल संस्था मार्फत आत्मनिर्भर बन्दै गएकी छिन् । गरिबी निवारण कोषको लगानी र महिलाहरुको लगनशिलताका कारण आफ्नो घरपरिवार चलाउनुदेखी बचत समेत गर्ने बानी त्यहाँका महिलाहरुमा बसिसकेको छ ।
गितादेवीले दुध मात्रै बिक्रि गरि दैनिक ४ सय रुपैया आर्जन गर्छिन । सोही ४ मध्येबाट २ सय रुपैया बचत गरि महिनाको ६ हजार बचत हुने गरेको उनले बताइन् । मासिक बचतबाटै उनले अहिले आफ्नै गाविसमा ९ कठ्ठा जमिन समेत खरिद गरेकी छिन् ।
महादेवा गाविस वडा नं. १ मा श्रीराम सामुदायिक संस्थाको अध्यक्ष समेत रहेकी गितादेवी महिनाको अन्तिममा संस्थाको भेला गर्ने गरेको तथा सो भेलामा सम्पूर्ण सदस्यहरुले लिएको ऋणको ब्याज तथा साँवा समेत जम्मा गराउँछिन् । उनको समूहमा अहिले ३० जना महिलाहरु छन् । आफ्नै समुदायमा लगानी गर्ने गरेको तथा सोही समुदायका सदस्यहरुले बचत पनि गर्ने गरेका छन् । गरिबी निवारण कार्यक्रममले अहिले जिल्ला विभिन्न गाविसहरुमा महिलाहरुलाई आत्मनिर्भर बनाउँदै गरेको छ भने महिलाहरु समाजमा पुरुष सरह नै काम गर्न प्रोत्साहित समेत हुदैछन् ।
यस्तै बथनाहा ६ की लालोबत्ति खंगले रु. २० हजार ऋण लिएर श्रीमान्लाई औषधी पसल खोलिदिएकी छिन् । औषधी पसलको आम्दानीबाट अहिले उनको ५ जनाको परिवार चलिरहेको छ । पसलकै कमाईबाट ऋणको किस्ता तथा बचत समेत गर्दै आएकी छिन् उनी ।
दिगो ग्रामिणका अध्यक्ष शिवचरण मण्डलले भने “हाल संस्थाले जिल्लाको बथनाहा, महदेवा र डाढा गाविसमा १७ वटा सामुदायिक संस्थाहरु संचालनमा रहेको छ ।” उहाँले ती १७ वटै समुदायिक संस्थामा अधिकांश महिलाहरु नै सदस्य भएको बताउनुभयो । उनीहरुले नै रोजेको पेशा अनुसार ऋण दिएको र सोही ऋणबाट अहिले महिलाहरु विभिन्न आयमूलक रोजगारी गरि मुनाफा आर्जन गर्दैछन् ।
उहाँले तीनवटा गाविसमा गरिबी निवारण कार्यक्रम विगत तीन वर्षदेखी लागु भएपनि समुदायमा दुई वर्षदेखी ऋण लगानी भइरहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ