News Category 2071/06/01
संघीयता र अखण्ड मधेश निर्माणलाई ओझेलमा पार्न खोजिएको छ ः नेसपा गजेन्द्रवादी
दैनिक संवाददाता
राजविराज, ३१ भदौं ।
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले डा. सिके राउतलाई प्रहरीले गिरफ्तार गरेको कार्य प्रति घोर भत्र्सना गर्दै बिरोध जनाएको छ ।
सो पार्टीले मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि डा. राउतलाई राज्य पक्षले गिरफ्तारी गरेर संघीयता र अखण्ड मधेशको निर्माणको मागलाई ओझेलमा पार्न खोजिएको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय अध्यक्ष विकास तिवारीले सीके राउतको रिहाईको माग गर्दै शान्तिपूर्ण रुपले आफ्नो विचार तथा कार्यक्रमहरु गर्न पाउने लोकतान्त्रिक मूल्य मान्यताको अधिकारको सम्मान गर्न राज्य पक्षसँग अपिल गर्नु भएको छ ।
साथै कुनै पनि बहानामा मधेशसँग पुनः नयाँ किसिमको भिडन्तका निहुँ नखोज्न नेपाल सरकार, न्यायालय र सम्पूर्ण राज्यसंयन्त्रलाई चेतावनी दिनुभएको छ ।
यसैगरि समाजवादी जनता पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य कमानन्द माझिले बैज्ञानिक डा. सिके राउतलाई प्रहरीले पक्राउ गरेकोमा निन्दा गर्नुभएको छ ।
माझिद्वारा मंगलबार जारि विज्ञप्तिमा डा. राउतलाई बिनासर्त रिहाईको माग समेत गर्नुभएको छ ।
डा. राउतलाई प्रहरीले पक्राउ गरेपछि विगत तीन दिनदेखी मधेशका सम्पूर्ण जिल्लामा बिरोधका कार्यक्रमहरु हुँदै आएको छ । यसअघि डा. राउतलाई बिनाशर्त रिहाईको माग गर्दै स्वतन्त्र मधेशी युवा विद्यार्थी संजाल सप्तरीको अगुवाइमा सोमबार पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा प्रदर्शनका क्रममा प्रहरीले लाठ्ठी चार्ज समेत गरेको थियो ।
जसमा झडपमा डेढ दर्जन व्यक्ति घाइते भएका थिए भने प्रहरीले किशोर कुमार यादव केसी र सुरेन्द्र शर्मा मधेशीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिने क्रममा लाठ्ठी चार्ज गर्दा सुरेन्द्र मधेशीको हात भाच्चिएको छ । नियन्त्रणमा लिएकाहरुलाई प्रहरीले मंगलबार १० बजे मुक्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ