News Category 2071/06/01
“देश टुक्राउनेको समर्थन गर्ने त“ नै होस् भनी प्रहरीद्वारा गाली गलौज”
दैनिक संवाददाता
राजविराज, ३१ भदौं ।
स्वतन्त्र मधेशी युवा विद्यार्थी संजाल सप्तरीको अगुवाइमा सोमबार पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा भएको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेकाहरुलाई थुनामा दुरव्यबहार गरेको छ ।
पक्राउ परेका मध्ये किशोर कुमार यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि आफुलाई प्रहरीले गाली गलौज गरि दुरव्यबहार गरेको आरोप लगाउनु भएको छ ।
सद्भावना पार्टीको भातृ संगठन विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष समेत रहनु भएका यादवले आयोजित पत्रकार सम्मेलनमा सो आरोप लगाउदै उहाँले भन्नुभयो, “सोमबार साँझ प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय कंचनपुरमा राखेपछि राती १० बजे प्रहरीले मेडिकल चेकजाचका लागि अन्य अपराधका कैदीबन्दीसँगै स्वास्थ्य केन्द्र लैजादै गर्दा गाडीमा प्रहरी जवानले आफुलाई देश टुक्राउनेको समर्थन गर्ने त नै होस् भनी गाली गलौज गरे” ।
उहाँले सो सम्बन्धमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिपक कार्कीलाई गुनासो गर्दा उल्टै प्रहरी निरिक्षक कार्कीले आफूलाई नै हप्काएको गुनासो पोख्नुभयो ।
पत्रकार सम्मेलनमा यादवले आफू एउटा राजीतिक कार्यकर्ता रहेको र राजनीतिक बन्दीलाई अलग्गै थुनामा राख्ने प्रावधान हुँदा हुँदै आफूहरुलाई हतकडी लगाएर अन्य अपराध गरेका कैदीबन्दीसँग राखेकोमा सम्बन्धित पक्षसँग कारवाहीको माग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ