News Category 2071/06/01
“देश टुक्राउनेको समर्थन गर्ने त“ नै होस् भनी प्रहरीद्वारा गाली गलौज”
दैनिक संवाददाता
राजविराज, ३१ भदौं ।
स्वतन्त्र मधेशी युवा विद्यार्थी संजाल सप्तरीको अगुवाइमा सोमबार पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा भएको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेकाहरुलाई थुनामा दुरव्यबहार गरेको छ ।
पक्राउ परेका मध्ये किशोर कुमार यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि आफुलाई प्रहरीले गाली गलौज गरि दुरव्यबहार गरेको आरोप लगाउनु भएको छ ।
सद्भावना पार्टीको भातृ संगठन विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष समेत रहनु भएका यादवले आयोजित पत्रकार सम्मेलनमा सो आरोप लगाउदै उहाँले भन्नुभयो, “सोमबार साँझ प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय कंचनपुरमा राखेपछि राती १० बजे प्रहरीले मेडिकल चेकजाचका लागि अन्य अपराधका कैदीबन्दीसँगै स्वास्थ्य केन्द्र लैजादै गर्दा गाडीमा प्रहरी जवानले आफुलाई देश टुक्राउनेको समर्थन गर्ने त नै होस् भनी गाली गलौज गरे” ।
उहाँले सो सम्बन्धमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिपक कार्कीलाई गुनासो गर्दा उल्टै प्रहरी निरिक्षक कार्कीले आफूलाई नै हप्काएको गुनासो पोख्नुभयो ।
पत्रकार सम्मेलनमा यादवले आफू एउटा राजीतिक कार्यकर्ता रहेको र राजनीतिक बन्दीलाई अलग्गै थुनामा राख्ने प्रावधान हुँदा हुँदै आफूहरुलाई हतकडी लगाएर अन्य अपराध गरेका कैदीबन्दीसँग राखेकोमा सम्बन्धित पक्षसँग कारवाहीको माग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ