News Category 2071/06/04
जेसीज सप्ताहमा वृक्षारोपण
दैनिक संवाददाता
राजविराज, ३ असोज ।
जेसीज सप्ताह अन्तरगत पहिलो दिन शुक्रबार सरसफाई तथा बृक्षारोपन गरिएको छ ।
राजविराज जेसीजको आयोजनामा आयोजित जेसीज सप्ताहको उद्घाटन सत्रमा वक्ताहरुले जेसीजको काम, कर्तव्य र भूमिका बारे चर्चा गर्नु भएको थियो ।
जेसीजका अध्यक्ष दिपक भगतको अध्यक्षता तथा राजविराज नगरपालिका कार्यालयका प्रमुख विष्णु प्रसाद गुरुङ्गको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन सत्रमा संचारकर्मीद्वय राजेश झा र नवीन गुप्ता, ड्रिम नेपालका कार्यवाहक अध्यक्ष कमल किशोर साह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा उद्घाटन कार्यक्रमका संयोजक अशोक साहले स्वागत मन्तव्य तथा मिथिलेश यादवले जेसीज आस्था पाठ गर्नुभएको थियो ।
उद्घाटन सत्र पश्चात् राजविराज जेसीज भवन अगाडी १५ वटा निम, अशोक लगायतको बोटविरुवा रोपी बृक्षारोपन गरिएको थियो । बृक्षारोपन पश्चात् बृक्षहरुलाई बेरी लगाई घेराबार गरिएको थियो । जसका लागि राजविराज नगरपालिकाले पाँच वटा बेरी सहयोग गरेको छ । सो कार्यक्रममा ड्रिम नेपालको समेत सहयोग रहेको जेसीजका अध्यक्ष दिपक भगतले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ