News Category 2078/10/23
ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा अस्पतालले ५० प्रतिशत छुट दिने
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा अस्पतालले ५० प्रतिशत छुट दिनुपर्ने सरकारले व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो ।
आर्थिक वर्ष २०७७÷७८ सम्म जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सात वटै प्रदेशमा गरी २४ वटा अस्पतालहरुमा सुरु भएका छन् ।
प्रदेश १ को बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, कोशी अस्पताल, विराटनगर, मेची अस्पताल, भद्रपुर र उदयपुर अस्पताल, उदयपुरमा सो सेवा सुरु भएको हो ।
त्यस्तै मधेश प्रदेशको नारायणी अस्पताल, वीरगञ्ज, जनकपुर अस्पताल, जनकपुर, गौर अस्पताल, रौतहट र गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरीचस्मा सेवा उपलब्ध रहेको जनाइएको छ ।
त्यसैगरि बागमती प्रदेशमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर, आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर, भरतपुर अस्पताल, भरतपुर, वीर अस्पताल, काठमाडौं, हेटौँडा अस्पताल, मकवानपुर, राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंमा रहेको छ भने गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा अस्पताल, पोखरा र धौलागिरी अस्पताल, बागलुङ उक्त सेवाहरु सुरु भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा भेरी अस्पताल, नेपालगञ्ज, बाँके, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ र लुम्बिनी अस्पताल, बुटवल, रुपन्देही, कर्णाली प्रदेशमा प्रदेश अस्पताल, सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तथा सुदूरपश्चिम प्रदेशमा सेती अस्पताल, धनगढी र डडेल्धुरा अस्पताल, डडेल्धुरामा सेवाहरु उपलब्ध छन् ।
७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरेको भए सोही बिमा रकमबाट स्वास्थ्य उपचार प्रदान गर्नुपर्ने र बिमा रकम अपुग भएको अवस्थामा मात्र अस्पतालको जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम वा सामाजिक सेवा एकाइ वा अन्य स्रोतबाट उपचार खर्च बेहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ