News Category 2070/03/19
सप्तरीमा एचआइभी संक्रमितको संख्या सय नाघ्यो
दैनिक संवाददाता
राजविराज, १८ असार ।
सप्तरी जिल्लामा एचआइभी संक्रमितहरुको संख्या सय नाघेको छ । संक्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको मंगलबार राजविराजमा आयोजित एक कार्यक्रममा बताइएको छ ।
इन्द्रेणी सेवा समाजले राजविराजमा पत्रकारहरुसँग अन्तरकृया गर्दै यस्तो जानकारी दिएको छ । पछिल्ले पटक राजविराज कारागारका एक संक्रमित कैदीको मृत्यु भएपछि ११ जनाको मृत्यु भएको उक्त कार्यक्रममा बताइयो ।
कार्यक्रममा बोल्दै जिल्ला एड्स समन्वय समितिका संयोजक बिष्णुकान्त देवले हालसम्म रगत जाँच गराएकामध्ये १११ जना संक्रमित फेला परेको र यसमध्ये ११ जनाको मृत्यु भएको बताउनुभयो ।
उहाँले हाल संक्रमित रहेका सय जनामध्ये ४६ जना महिला र १४ जना १४ बर्ष मुनिका बालबालिका भएको बताउनुभयो । यी बालबालिकामध्ये दुई जना आबाबुवाबिनाका अनाथ रहेका छन् ।
देवका अनुसार जिल्लामा ४ सय भन्दा बढी महिला यौनकर्मी रहेका छन् । कार्यक्रममा इन्द्रेणी सेवा समाजका फिल्ड कोअर्डिनेटर मीनकुमार चौधरीले महिला यौनकर्मीहरुलाई लक्षित गरी चेतनामूलक कार्यक्रम संचालन गरिएको बताउनुभयो । उहाँका अनुसार कण्डमको प्रयोग गरी यौन सम्पर्क राख्न यौनकर्मीहरुलाई जानकारी दिन थालेपछि अहिले सबै कण्डमको प्रयोग गर्न थालेको बताउनुभयो । उहाँले एक बर्ष यता इन्द्रेणी सेवा समाजले २९ हजार कण्डम र ३ सयभन्दा बढी महिला कण्डम बितरण गरेको बताउनुभयो ।
यसका साथै एचआइभी जाँच गराउने, संक्रमितहरुलाई एआरटी सेन्टरसम्म पु¥याउने जस्ता कामहरु गरिरहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ