News Category 2071/06/06
दशैको पुर्व सन्ध्यामा छिन्नमस्ता शक्तिपीठको सरसफाई
दैनिक संवाददाता
राजविराज, ५ असोज ।
बडा दशैको पुर्व सन्ध्यामा प्रसिद्ध छिन्नमस्ता सख्डेश्वरी शक्तिपिठमा आईतबार सरसफाई गरिएको छ ।
सशस्त्र प्रहरी बल विओपी छिन्नमस्ता, ईलाका प्रहरी कार्यालय सख्डा र बजार व्यवसथापन समितिको संयुक्त पहलमा छिन्नमस्ता शक्तिपीठमा सामुहिक रुपमा सरसफाई गरिएको हो ।
वडा दशै अवधिभरी नेपाल सहित भारतको विभिन्न स्थानबाट हजारौ श्रद्धालु भक्तजनहरु पुजाआजाका लागि आउने भएकाले त्यसलाई मध्य नजर गरी छिन्नमस्ता सखडेश्वरी मन्दिरको पोखरी लगायतका विभिन्न सथानमा सरसफाई गरिएको छ ।
सशस्त्र प्रहरी बल विओपी छिन्नमस्ता गोविन्द्रपुरका प्रहरी निरिक्षक लिली बहादुर चन्द्र, ईलाका प्रहरी कार्यालय सख्डाका ईन्चार्ज गंगाधर मल्ल, मन्दिरका पीठाधिश महाकान्त ठाकुर र बजार व्यवस्थापन समितिका पदाधिकारीहरुको अगुवाईमा मन्दिरको सरसफाई गरिएको हो ।
यसैबिच हिमालयन ह्युम पाईप एण्ड कंक्रिट इण्डिष्टिज प्रालि लहान सिरहाले ५ थान डस्टविन छिन्नमस्ता मन्दिरलाई सहयोग प्रदान गरेको छ ।
प्रालिका संचालक अरुण कुमार प्रधानले मन्दिरमा बढ्दो फोहोर मैलालाई व्यवस्थित पार्नका लागि २५ हजार मुल्य बराबरको डस्टविन एक समारोहबिच मन्दिरलाई प्रदान गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ