News Category 2078/11/02
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित

दैनिक समाचारदाता
पर्सा, २ फागुन ।
प्रेस स्वतन्त्रता सेनानी एवं सप्तरीका वरिष्ठ पत्रकार वैजनाथ झा मोफसलको प्रतिष्ठित गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
गोपालचन्द्र गौतम प्रतिष्ठानले सोमबार वीरगञ्जमा आयोजना गरेको ११औँ पुरस्कार वितरण समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पत्रकार झालाई एक तोला सुनको पदक र प्रमाणपत्रले सम्मानित गर्नुभएको हो ।
तीन दशकभन्दा बढी समयदेखि सप्तरीमा रही जनसरोकारका विषयमा कलम चलाउँदै आएका पत्रकार झालाई सम्मानित गर्दै नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने पत्रकारको सम्मान जस्ता कार्यले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरे ।
सभालाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने र समाजमा व्यापक भेदभाव, भ्रष्टाचारलाई समाप्त पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीको मनोबल उच्च बनाउन महानगरपालिकाले रु पाँच लाख प्रतिष्ठानलाई प्रदान गर्ने घोषणा समेत गरे ।
प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले चालू आर्थिक वर्षदेखि नै लागू हुनेगरी मधेस प्रदेशमा रहेका पत्रकारको जीवन बिमा गर्नुका साथै वरिष्ठ पत्रकारलाई पेन्सन दिने तयारीमा लागेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ