News Category 2071/06/07
डा. राउत रिहा नभएसम्म आन्दोलन जारी रहने हिरासतमै अनसनमा राउत, राज्यले माफी माग्नुपर्ने माग
दैनिक संवाददाता
राजविराज, ६ असोज ।
मोरङ्गको रंगेलीबाट पक्राउ परेका सप्तरीको महदेवा निवासी डा. सिके राउतलाई अबिलम्ब रिहाईको माग गर्दै सोमबार पनि राजविराज सहित तराई मधेशका जिल्लाहरुमा विरोध प्रदर्शन भएको छ ।
सरकारले बिना कारण डा. राउतलाई पक्राउ गरेको भन्दै सोमबार राजविराजका साथै तराई मेधशका विभिन्न जिल्लाहरुमा ¥याली प्रदर्शन गरिएको हो ।
राजविराजमा स्वतन्त्र मधेशी युवा विद्यार्थी संजालद्धारा सयौ युवाहरुको सहभागितामा डा.राउतलाई अबिलम्ब रिहाईको माँँग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी एक घण्टा धर्ना दिएका थिए ।
अभिब्यक्ति स्वतन्त्रता कायम गर, मधेशमा मानवअधिकार हनन् बन्द गर र बैज्ञानिक डा.सिके राउतलाई अबिलम्ब रिहा गर लगयातका माग सहित युवाहरुले नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय अगाडी दिउँसो २ बजे देखि ३ बजे सम्म एक घण्टा धर्ना समेत दिएका थिए ।
त्यस्तै धर्ना पश्चात् निस्केको बिरोध ¥याली नगर परिक्रमा गर्दैै जनआन्दोलन चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।
यसैबिच प्रहरी हिरासतमा रहेका डा. सीके राउतले सोमबारदेखि आमरण अनसन सुरु गरेका छन् । प्रहरी हिरासतमै प्रहरीहरुले राउतमाथि अमानवीय व्यवहार गरेको भन्दै सोमबारदेखि आमरण अनसनमा बसेका छन् । राज्यले माफी मागेर छाडेन भने अनसन जारी राख्ने माग राखेको कुरा बुद्धिजीवी विजयकान्त कर्णले बताएका छन ।
कर्ण सोमबार बिहान हनुमानढोकामा राउतसँग भेट गर्न जाँदा प्रहरीले दुव्र्यवहार गरेको जानकारी दिएका छन् । यसरी प्रहरी हिरासतमा रहेकामाथि अमानवीय व्यवहार गर्नु कतिको कानूनसम्मत वा संविधानसम्मत हो भन्ने कुरा विचारणीय छ । राउत देशद्रोही हो कि होइन भन्ने कुरा अहिलेसम्म प्रमाणित भइनसकेको अवस्था हिरासतमै अमानवीय व्यवहार हुनुले गम्भीर प्रश्न खडा गरेको छ ।
यसैबीच तराई–मधेशलाई स्वतन्त्र देश बनाउनुपर्छ भन्दै अभियान चलाएको अभियोगमा पक्राउ परेका सीके राउतलाई थप दुई दिन न्यायिक हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । न्यायाधीशद्वय मोहनरमण भट्टराई र भुपेन्द्र प्रसाद राईको संयुक्त इजलासले राउतलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ