News Category 2071/06/07
बोक्सीको आरोपमा छिमेकीद्धारा एकल महिला कुटिईन
दैनिक संवाददाता
राजविराज, ६ असोज ।
सप्तरीको बोरिया गाविस ८ की विधवा महिला बेचनी देवी यादव कथित बोक्सीको आरोपमा पटक पटक आप्mनै छिमेकीबाट कुटिएकी छिन ।
स्व. चितरंजन यादवकी ४० वर्षिया श्रीमति बेचनीदेवीलाई उनका आप्mनै छिमेकीहरुले कथित बोक्सीको झुठो आरोपमा पटक पटक कुटपिट गर्दै आएको पीडितले बताईन ।
बेचनीकी आप्mनै छिमेकीहरु शिब नारायण यादव, उनका श्रीमति चनन देवी, छोरी रेणु कुमारी यादव, राम कुमार यादव र उनका श्रीमति तपेश्वरी देवी यादव सहितले बिना कारण कथित बोक्सीको आरोपमा आफुलाई पटक पटक कुटपिट गरेको बताईन ।
विगत ६ वर्ष अघि श्रीमानको लिभर क्यान्सर रोगका कारण मृत्यु भएको तथा श्रीमानको मृत्यु पछि छिमेकीहरुले जग्गा सम्बन्धि आन्तरिक विवाद रहेपनि बोक्सी हो भनि कुटपिट गर्दै आएको दुःखेसो पोखिन ।
दुई छोरा रहेका एकल महिला बेचनी देवीलाई पछिल्लो पटक उनीहरुको पशु बिरामी परेपछि तिमी बोक्सी हो भनि तिमिले नै मेरो पशुलाई टुनामुना गरेको भन्दै आफुलाई निर्घात कुटपिट गरेको पीडित महिलाले बताइन् ।
श्रीमान् बितेपछि ५÷७ पटक सम्म आफुलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको तथा आफुलाई १५ कठा जग्गा बाहेक अन्य अरु केही नहरकोले अहिले दुई छोराहरुको लालन पालन देखि लिएर पढाई लेखाई गर्न धोधौ भईरहेको दुःखेसो पोखिन ।
आप्mनो श्रीमान् बितेपछि छिमेकीहरुले पटक पटक कथित बोक्सीको आरोपमा कुटपिट गरेको उजुरी जिल्ला प्रहरी कार्यालय तथा महिला सेलमा दिदाँ पनि प्रहरी प्रशासनले समेत हाल सम्म कुनै चासो नदेखाएको पीडित बेचनीले आरोप लगाइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ