News Category 2078/11/10
महिला क्रिकेट खेलाडीलाई बेलायती कोचद्वारा प्रशिक्षण
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
नेपाल क्रिकेट फाउन्डेसन र सप्तरी क्रिकेट संघको आयोजनामा मधेश प्रदेशस्तरिय महिला क्रिकेट खेलाडीहरूलाई बेलायती कोचबाट प्रशिक्षण सुरू गरिएको छ ।
महिला क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले राजबिराजमा फागुन ८ गते देखि मधेश प्रदेश का ५ जिल्ला सम्मिलत ३५ जना महिला खेलाडीलाई प्रशिक्षण सुरू गरिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिएका छन् ।
राजबिराजस्थित स्थानिय पबि माबि खेल मैदानमा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेग साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षण दिदैछन ।
समुदायमा महिलाहरूलाई क्रिकेट प्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्लामा महिला क्रिकेट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गर्न लागेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।
नेपाल क्रिकेट फाउन्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठ र बोर्डका सदस्य बिना झाको उपस्थितिमा प्रशिक्षण गर्न दिइदै छ ।
यसैगरी मधेश प्रदेश स्तरिय दुई दिने प्रशिक्षकहरूलाई प्रशिक्षण गर्ने तालिम समेत रहेको फाउन्डेशनका निर्देशक अभिषेकले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ