News Category 2071/06/07
समावेशी पत्रकारिता पुरस्कारबाट माझी सम्मानित
दैनिक संवाददाता
काठमाडौं, ६ असोज ।
प्रेस काउन्सिल नेपालले यस वर्षको समावेशी पत्रकारिता पुरस्कार सप्तरीका पत्रकार मनोज कुमार माझी (एमके माझी) लाई प्रदान गरेको छ ।
प्रेस काउन्सिलको ४५ सौं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि सभामुख सुवास नेम्वाङ्गले विगत तीन दशकदेखि पत्रकारिता मार्फत मधेशबाट समाज परिवर्तनमा योगदान पु¥याए वापत पत्रकार माझीलाई नगद पुरस्कार तथा कदर पत्रबाट सम्मानित गर्नुभयो ।
सो अवसरमा प्रेस काउन्सिलका अध्यक्ष र्बोन बहादुर कार्कीले टिका तथा सुचना तथासंचार मन्त्री मनेन्द्र रिजालले माझीलाई सम्मान गर्नुभयो । माझी राजधानी दैनिक सगरमाथा टेलिभिजनका साथै राजविराजबाट प्रकाशित हुने कृष्णा दैनिक, नटखट दैनिक र करेन्ट पोष्ट साप्तहिकमा आवद्ध हुनुहुन्छ ।
यस्तै प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार सप्तरीको मिथिला साप्ताहिक तथा प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कारबाट काठमाण्डौकी गृस्माराज भण्डारी र दोलखाकी सन्तोषी कार्की सम्मानीत भएकी छिन् ।
सोही अवसरमा समावेशी पत्रकारिता पुरस्कारबाट ललीतपुरकी सञ्च कुमारी लामा, प्रकाश माथेमा, बाँकेका कठुर सिंह थारु र धादिङ्गकी सरिता श्रेष्ठलाई पनि सम्मानित गरिएको छ । सशक्त लेखन पत्रकारिता पुरस्कार काठमाण्डौका राम कुमार एलान, झापाका लोकराज ढकाल र पर्साका गया यादव तथा प्रेस काउन्सिल आँचार संहिता पुरस्कार सुकेश्वर पाठकलाई प्रदान गरियो प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार ईश्वर चन्द्र ज्ञावली तथा स्तम्भ लेखन पुरस्कार धनुषाका श्याम सुन्दर शशीलाई प्रदान गरियो ।
प्रेस काउन्सिल सशक्त संञ्चार कर्मी पुरस्कार मोरङ्गका विक्रम निरौला र बैतडीका राजेन्द्र नाथ तथा काउन्सिल युवा सशक्तिकरण सिन्धुपाल्चोकका ऋषिराम पौडेल, कास्कीकी गोमा घिमिरे र धनुषाका लक्ष्मण यादव तथा क्रियाशिल पत्रकारिता पुरस्कारबाट दाङ्गका शारदा अधिकारी, काठमाण्डौका रमेश लम्साल र जुम्लाका शारदा शाही सम्मनित भएका छन् ।
काउन्सिलले एक लाख रुपैया राशीको गोपाल दास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई प्रदान गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष र्बोन बहादुर कार्कीको अध्यक्षमा आयोजित कार्यक्रमा प्रमुख अतिथी सभामुख सुवास नेवाङ्ग, सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजाल, सरकारका मुख्य सचिव लिलामनी पौडेल, भारतिय प्रेस काउन्सिलका अध्यक्ष मारकण्डे काटजु, पत्रकार महासंघका का.वा. अध्यक्ष खिल बहादुर भण्डारी लगायतले शुभकामना व्यतm गर्नुभएको थियो ।
सो अवसमा सहयोगको आदान प्रदान गर्ने उद्देश्यले भारतीय काउन्सिल र नेपाल प्रेस काउन्सिल विच एउटा समजदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ