News Category 2078/11/14
राजविराज प्रिमियर लिग सुरु
राजविराज÷राजविराज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबारदेखी सुरु भएको छ ।
स्थानिय पविमाविको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको नगर प्रमुख शम्भु प्रसाद यादवले ब्याटिङ, उपप्रमुख साधना झाले बलिङ तथा वडा अध्यक्ष समिर झाले अम्पायरिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा ३ क्रिकेट क्लबले वडा १ क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै बिजयी सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ गर्दै वडा १ क्रिकेट क्लबले १५ दशमलब ५ ओभरमा सम्पूर्ण विकेट गुमाई १ सय १७ रनको चुनौती पेश गरेको थियो ।
जवाफि ब्याटिङमा उत्रेका वडा ३ क्रिकेट क्लबले १० दशमलब ४ ओभरमै बिजयी लक्ष्य हासिल गरेको थियो । उक्त खेलको म्यान अफ दि म्याच बिजयी टिमका रबिन सिंह घोषित भए ।
राजविराज नगरपालिका तथा अन्य संघसंस्थाको सहयोग र वडा ५ कार्यालयको आयोजनामा संचालित प्रतियोगितामा कुल ६ वटा टिमको सहभागिता रहेको वडा अध्यक्ष समिर झाले बताए ।
प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ५१ हजारसहित ट्रफि र मेडल प्रदान गरिने छ । यस्तै दोश्रो हुने टिमलाई २५ हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिने छ ।
उद्घाटन समारोहको संचालन क्रिकेटर पवन दासले तथा अतिथिहरुको स्वागत वडा सदस्य गंगासागर गुप्ताले गरेका थिए । फागुन २० गतेसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई पनि पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ