News Category 2071/06/05
सगरमाथा साहित्य परिषद्को अधिवेशन ११ गते
राजविराज÷सगरमाथा साहित्य परिषद्को शनिबार सम्पन्न बैठकले आगामी असोज ११ गते शनिबार साधारण सभा गर्ने गरकेो छ ।
गठित तदर्थ समितिका संयोजक मनोहर पोखरेलको अध्यक्षता एवं पूर्व अध्यक्ष अनिल कुमार अनलको प्रमुख आतिथ्यतामा बसेको वैठकले सो निर्णय गर्दै असोज १० गतेभित्र सदस्यता वितरण र नवीकरण गर्ने समेत निर्णय गरेको सदस्य नन्दलाल आचार्यले जानकारी दिनुभयो ।
सोही वैठकले गत भदौ ७ गते सम्पन्न १४९ औं मोती जयन्तिको समिक्षा गर्नुका साथै एक महिनाको अवधिमा परिषद्ले गरेका गतिविधिका बारेमा जानकारी आदान–प्रदान गरेको थियो ।
वैठकमा निवर्तमान अध्यक्ष बैद्यनाथ झा, शिवकान्त सुमन, अरविन्द कुमार यादवसहितको उपस्थिति रहेको थियो ।
जिल्ला विकास समितिको प्राङ्गणमा गत साउन ३१ गते सम्पन्न भेलाले परिषद्को ११ सदस्यीय तदर्थ समिति गठन गर्दै साधारण सभा गर्ने जिम्मेवारी दिएको थियो ।
बैठकमा समयसामयिक साहित्यिक अवस्थाको बारेमा चर्चा गर्दै संगठन विस्तार, सुदृढीकरण, संस्थागत विकास लगायतका विषयमा छलफल भएको थियो ।
नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ २०४४ साल कात्तिक २५ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा दर्ता ऐन २०३४ बमोजिम स्थापित सगरमाथा साहित्य परिषद्ले साहित्यकारहरुको जयन्ति, विभिन्न दिवस तथा अवसर पारेर साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ