News Category 2071/06/09
डा. राउतलाई देशद्रोहीको झुठो मुद्दा लगाइयो ः सद्भावना उपाध्यक्ष साह
दैनिक संवाददाता
राजविराज, ८ असोज ।
सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नबलकिशोर साह रामबाबुले मधेशमा संघियता सहित स्वायत्त मधेश प्रदेश स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ ।
संघीय गणतान्त्रिक मोर्चा सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित नयाँ संविधान निमार्णमा परिवर्तन र पहिचान पक्षधर शक्तिहरुको भुमिका विषयक विचार गोष्ठिमा उहाँले सो कुरामा जोड दिनुभएको हो ।
प्रमुख आतिथ्यको आसन्नबाट बोल्दै उहाँले नयाँ बन्ने संविधानमा मधेश र मधेशी जनताको अधिकार सुनिश्चितता हुनुपर्ने बताउँनुभयो । केन्द्रिय उपाध्यक्ष साहले अब मधेश र मधेशी जनताहरु जागरुक भईसकेको छ र आफनो अधिकार भाँगेर होईन लडेर लिन तयार रहेको बताउँनुभयो ।
उहाँले संघीयता, पहिचान सहितको संविधान नआए मुलुकमा पुन एक पटक आन्दोलन हुने बताउँदै नयाँ बन्ने संविधानमा हरेक जातजाती, धर्म, संस्कृतिहरुको अधिकार सुुनिश्चितता हुनुपर्ने बताउँनुभयो । साहले बर्तमान सरकारले मधेशको अधिकारलाई दबाउनका लागि मधेशमा जन्मनुभएका डा. सिके राउत जस्तो व्यक्तिहरुलाई बिना कारण पक्राउ गरी देशद्रोहीको झुठो मुद्दा लगाएको आरोप समेत लगाउनुभयो ।
जिल्ला विकास समितिको सभाहलमा आयोजित गोष्ठिमा एकिकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य विश्वनाथ प्रसाद साहले मधेशी जनताको पहिचान, स्वभिमान र अधिकारको लागि पुनः हतियार उठाउनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि मधेशी जनअधिकार फोरम नेपालकी कोषाध्यक्ष एवं पुर्व शिक्षा मन्त्रीय रेणु यादवले राज्यको दमन, शोषण विरुद्ध पुनः मधेशमा आन्दोलन गर्नुपर्ने खाँचो रहेको बताउँदै त्यसका लागि सम्पुर्ण मधेशी जनताहरु तयार रहेको स्पष्ट पार्नुभयो ।
मोर्चाका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सो विचार गोष्ठिमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिका केन्द्रिय सदस्य शेलैश चौधरी, लोकतान्त्रिकका कावा अध्यक्ष सत्य नारायण यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य साधना झा, बिनोद चौधरी, मधेशी जनअधिकार फारेम नेपालका अध्यक्ष दिनेश कुमार यादव लगायतका बक्ताहरुले मधेशी जनताको अधिकारका लागि संघर्ष गर्नुपर्ने आवश्यता रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ