News Category 2070/02/23
सप्तरीमा पनि बढ्दै दुर्घटना, छुट्टाछुट्टै दुर्घटनामा नौ जना घाइते
दैनिक संवाददाता
भारदह (सप्तरी), २२ जेठ ।
सप्तरी जिल्लामा दुर्घटना बढ्दै गएको छ । एक जनाको मृत्यु र दुई जना घाइते भएको एक दिन नबित्दै जिल्लामा पुनः दुर्घटना भएको छ ।
बुधबार जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा भएका सबारी दुर्घटनामा परी नौ जना घाइते भएका छन् ।
जिल्लाको पोर्ताहामा दुई वटा र भारदहमा एउटा सबारी दुर्घटना भएको हो ।
पोर्ताहा ७ स्थित पूर्व–पश्चिम राजमार्गमा दिउँसो एक बजे दुई वटा जीप एक आपसमा ठोक्किंदा सात जना घाइते भएका छन् । पश्चिमवाट पुर्वतर्फ जाँदै गरेको को.१ च. ६२०९ नम्बरको जिप र विपरीत दिशातर्फ जाँदै गरेको ना. २ च २३०९ नम्बरको जिप एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा परी को. १ च ६२०९ नम्बरको जिपमा सवार भारतको झारखण्ड निवासी ३० बर्षीय ज्योति पाल, वर्ष २४ कि मिताली पाल, वर्ष ५४ कि दिपाली पाल, वर्ष ६० को एस.पाल, वर्ष ४० को उत्तम पाल, वर्ष ९ का आस पाल र वर्ष ३१ का दिपक गुप्ता घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको र स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पोर्ताहा ५ स्थित राजमार्गमा बसले दिएको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।
जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना.२ ख ५९४० नंम्बरको बसले दिएको ठक्करबाट साइकलमा सबार मैनाकडेरी गाविस १ निवासी १३ बर्षीय जयचना कुमारी मिश्र गम्भीर घाइते भएका छन् ।
मिश्रको स्थानिय अस्पतालमा उपचार भइरहेको छ भने साईकल पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । गाडी र चालकलाई ईलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ ।
यस्तै बुधबारै भारदह १ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. १ प ४९०५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर खसेपछि त्यसका चालक २६ बर्षीय बलराम गिरी घाइते भएका हुन् । उनको स्थानिय क्लिनिकमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ