News Category 2070/02/23
सप्तरीमा पनि बढ्दै दुर्घटना, छुट्टाछुट्टै दुर्घटनामा नौ जना घाइते
दैनिक संवाददाता
भारदह (सप्तरी), २२ जेठ ।
सप्तरी जिल्लामा दुर्घटना बढ्दै गएको छ । एक जनाको मृत्यु र दुई जना घाइते भएको एक दिन नबित्दै जिल्लामा पुनः दुर्घटना भएको छ ।
बुधबार जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा भएका सबारी दुर्घटनामा परी नौ जना घाइते भएका छन् ।
जिल्लाको पोर्ताहामा दुई वटा र भारदहमा एउटा सबारी दुर्घटना भएको हो ।
पोर्ताहा ७ स्थित पूर्व–पश्चिम राजमार्गमा दिउँसो एक बजे दुई वटा जीप एक आपसमा ठोक्किंदा सात जना घाइते भएका छन् । पश्चिमवाट पुर्वतर्फ जाँदै गरेको को.१ च. ६२०९ नम्बरको जिप र विपरीत दिशातर्फ जाँदै गरेको ना. २ च २३०९ नम्बरको जिप एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा परी को. १ च ६२०९ नम्बरको जिपमा सवार भारतको झारखण्ड निवासी ३० बर्षीय ज्योति पाल, वर्ष २४ कि मिताली पाल, वर्ष ५४ कि दिपाली पाल, वर्ष ६० को एस.पाल, वर्ष ४० को उत्तम पाल, वर्ष ९ का आस पाल र वर्ष ३१ का दिपक गुप्ता घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको र स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पोर्ताहा ५ स्थित राजमार्गमा बसले दिएको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।
जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना.२ ख ५९४० नंम्बरको बसले दिएको ठक्करबाट साइकलमा सबार मैनाकडेरी गाविस १ निवासी १३ बर्षीय जयचना कुमारी मिश्र गम्भीर घाइते भएका छन् ।
मिश्रको स्थानिय अस्पतालमा उपचार भइरहेको छ भने साईकल पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । गाडी र चालकलाई ईलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ ।
यस्तै बुधबारै भारदह १ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. १ प ४९०५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर खसेपछि त्यसका चालक २६ बर्षीय बलराम गिरी घाइते भएका हुन् । उनको स्थानिय क्लिनिकमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ