News Category 2070/03/20
सर्वाेच्चले नेसपा (आ) लाई इतिहासको पाना बनायो ः मण्डल
दैनिक संवाददाता
राजविराज, १९ असार ।
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष खुशीलाल मण्डलले सर्वाेच्च अदालतले संबिधानको अंग भइसकेका नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) लाई इतिहासको पानामा सिमित गरिदिएको बताउनुभएको छ ।
सर्वाेच्च अदालतले सरिता गिरीलाई मान्यता दिएकोबारे बुधबार राजविराजस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । नेसपा (आ) को चुनाव चिन्ह र झण्डा सरिता गिरी समूहलाई प्रयोग गर्न दिएर यो पार्टीलाई इतिहासमा सिमित गरिएको उहाँले बताउनुभयो ।
‘मैले पनि यो कुरा सुनेको छु उहाँले भन्नुभयो, ‘‘यदी यो कुरा सही हो भने यो पार्टीलाई इतिहासको पानामा सिमित गरिदिएको छ ।’’
आदेशको प्रतिलिपी प्राप्त नभएकाले थप प्रतिकृया व्यक्त गर्नु सम्भव नभएको उहाँको भनाई छ ।
राजनीतिकबारे कुरा गर्दै उहाँले संबिधानसभाको निर्वाचन अपरिहार्य भएको बताउनुभयो । संबिधानसभाबाटै जनआन्दोलनको लक्ष्य संस्थागत गर्न देशबासीसँग आह्वान गर्दै उहाँले जनआन्दोलन, मधेस, दलितसहित सम्पूर्ण आन्दोलनमा सहादत्त प्राप्त गरेका शहीदहरुको सपना सफल बनाउनु जरुरी भएको बताउनुभयो ।
एमाओवादीका अध्यक्ष प्रचण्डप्रति इंकित गर्दै मण्डलले मधेश आन्दोलनमाथि दमन गर्न नेपाली सेनाको साथै माओवादी लडाकु प्रयोग गर्नेहरु अहिले मधेससँग लभ परेको भन्दै मधेशको मसिहा बन्ने कोशिसमा रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ