News Category 2070/03/20
सर्वाेच्चले नेसपा (आ) लाई इतिहासको पाना बनायो ः मण्डल
दैनिक संवाददाता
राजविराज, १९ असार ।
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष खुशीलाल मण्डलले सर्वाेच्च अदालतले संबिधानको अंग भइसकेका नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) लाई इतिहासको पानामा सिमित गरिदिएको बताउनुभएको छ ।
सर्वाेच्च अदालतले सरिता गिरीलाई मान्यता दिएकोबारे बुधबार राजविराजस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । नेसपा (आ) को चुनाव चिन्ह र झण्डा सरिता गिरी समूहलाई प्रयोग गर्न दिएर यो पार्टीलाई इतिहासमा सिमित गरिएको उहाँले बताउनुभयो ।
‘मैले पनि यो कुरा सुनेको छु उहाँले भन्नुभयो, ‘‘यदी यो कुरा सही हो भने यो पार्टीलाई इतिहासको पानामा सिमित गरिदिएको छ ।’’
आदेशको प्रतिलिपी प्राप्त नभएकाले थप प्रतिकृया व्यक्त गर्नु सम्भव नभएको उहाँको भनाई छ ।
राजनीतिकबारे कुरा गर्दै उहाँले संबिधानसभाको निर्वाचन अपरिहार्य भएको बताउनुभयो । संबिधानसभाबाटै जनआन्दोलनको लक्ष्य संस्थागत गर्न देशबासीसँग आह्वान गर्दै उहाँले जनआन्दोलन, मधेस, दलितसहित सम्पूर्ण आन्दोलनमा सहादत्त प्राप्त गरेका शहीदहरुको सपना सफल बनाउनु जरुरी भएको बताउनुभयो ।
एमाओवादीका अध्यक्ष प्रचण्डप्रति इंकित गर्दै मण्डलले मधेश आन्दोलनमाथि दमन गर्न नेपाली सेनाको साथै माओवादी लडाकु प्रयोग गर्नेहरु अहिले मधेससँग लभ परेको भन्दै मधेशको मसिहा बन्ने कोशिसमा रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ