News Category 2071/06/10
वार्तारत मधेश राष्ट्र जनतान्त्रिक पार्टीका नेता कार्यकर्ता सार्वजनिक
शुभ नारायण यादव
राजविराज, ९ असोज ।
सरकारसँग वार्तारत मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका वार्ता टोली बिहिबार सार्वजनिक भएको छ ।
सप्तरीको प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठ प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारसँग वार्तारत क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरु सार्वजनिक भएका हुन ।
संविधान निमार्ण प्रयोजनका लागि सवै पक्षको विचार समेटने उद्देश्यका साथ मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी र संवैधानिक संवाद तथा सहमति समिति बिच साउन २६ गते जनकपुरमा सम्पन्न वार्ता पश्चात् पार्टीका नेता तथा कार्यकर्ताहरु सार्वजनिक भएका हुन ।
आयोजित पत्रकार सम्मेलनमा मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका अध्यक्ष तथा वार्ता समितिका संयोजक रणविर सिंह भनिने रामबाबु यादव, क्रान्तिकारीका विवश विद्रोही भनिने रामवृक्ष महतो, सिरहाका अनिल सिंह, धनुषाका राम प्रताप यादव, राम उदगार यादव, प्रमोद ठाकुर र बाराका रामजी पटेल सहितकाहरु सार्वजनिक भएका हुन ।
सार्वजनिक पश्चात क्रान्तिकारीका अध्यक्ष तथा वार्ता टोलीका संयोजक रणवीर सिंहले वार्ताको माध्यमबाट समस्याको समाधान हुने र नेपाल सरकारको वार्ता प्रक्रियालाई पुर्ण इमान्दारीका साथ अगाडी बढाउने प्रतिवद्धता पश्चात् आफुहरु वार्तामा बसेको जानकारी दिनुभयो ।
संयोजक सिंहले मधेशी जनताको अधिकार र मुक्तिका लागि मधेशमा सशस्त्र संघर्ष शुरु गरेको बताउँदै मधेशीको अधिकारका लागि प्रतिरक्षाको रुपमा आफुहरुले हितयार उठाएको स्पष्ट पार्नुभयो ।
उहाँले आप्mनो पार्टी बहु राष्ट्र निमार्णको पक्षमा रहेको जिकिर गर्दै सरकारसँग भएको वार्ता पश्चात् दोश्रो संविधान सभामा आफुहरुको माँग सम्वोधन हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।
स्थानीय वुद्धिजीवी रामशरण पण्डितको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका नेता तथा कार्यकर्ता, मन्दिरका पिठाधिश महाकान्त ठाकुर, मधेशी जनअधिकार फोरम लोकतान्त्रिका कावा अध्यक्ष सत्य नारायण यादव, सद्भावना पार्टी क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, संचारकर्मी, अधिकारकर्मी लगायतकाहरुले उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ