News Category 2078/12/12
प्रिमियर लिगमा टिभीएस किंग्स र राजविराज किंग्स विजयी
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको शनिबार सम्पन्न दुई खेलमा टिभीएस किंग्स राजविराज र राजविराज द किंग्स बिजयी भएको छ ।
राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिक्रेट संघको आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न पहिलो खेलमा टिभीएस किंग्स राजविराजले राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गरेको हो । टिभीएस किंग्सको यो दोश्रो जित हो ।
टिभीएस किंग्स राजविराजले १ सय ७५ रनको लक्ष्य दिएपछि राजविराज ब्रदर्शले २० ओभर ब्याटिंङ गरे पनि ८ विकेटको क्षतीमा १ सय २१ रन मात्र बनाउन सक्यो । ब्रदर्शका चन्द्र प्रकाश मेहताले ३९ तथा निरज कुमार यादवले २९ रन योगदान दिए । टिभीएस किंग्सका बलर बिशाल सुश्लिंग र दिपेश सरदारले २÷२ विकेट तथा शेइख इमरान, महबुब आलम र पप्पु यादवले १÷१ विकेट लिए ।
यसअघि टिभीएस किंग्सले २० ओभरमा ८ विकेट क्षतीमा १ सय ७४ रन बनाएको थियो । उसको लागि ओपनर रोहन बिकले सर्वाधिक ४२ रन, बिशाल सुश्लिंगले ३५ रन तथा महबुब आलमले ३३ रन योगदान दिए । राजविराज ब्रदर्शका पार्थिव यादवले ३, सोनु तामाङले २ तथा अनुज चुनारा र अजय यादवले १÷१ विकेट लिए । उक्त खेलको प्लेयर अफ द म्याच बिशाल सुश्लिंग घोषित भए ।
शनिबारै भएको दोश्रो खेलमा राजविराज द किंग्सले २० ओभरमा ८ विकेट क्षतीमा २ सय २४ रन बनायो । राजविराज द किंग्सले पहिलो जित दर्ता गर्ने क्रममा तिलाठी कोइलाडी जायन्ट्सलाई १ सय ९ रनको विशाल अन्तरले पराजित गर्यो । द किंग्सले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको जायन्ट्सले १६ ओभरमा १ सय १५ रनमा सम्पूर्ण विकेट गुमायो ।
तिलाठी कोइलाडीको ब्याटिंङमा रोशन विश्वकर्माले सर्वाधिक २० रन बनाए । राजविराज द किंगको बलिंङमा रोहित कुमार सिंह, नन्दन यादव, रुपेश कुमार सिंह र फिर्दोश अन्सारीले समान २ विकेट लिए । द किंग्सका ओपनर सन्तोष कार्कीले आक्रामक ब्याटिंग गर्दै ८८ रन बनाए जुन क्रममा ४१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे । यस्तै नन्दन यादवले ३७, फिर्दोश अन्सारीले ३४ तथा शंकर रानाले २९ रन बनाए । तेश्रो विकेटको लागि सन्तोषले फिर्दोशसंग १०८ रनको साझेदारी गरे ।
तिलाठी कोइलाडीका बलर जितेन्द्र यादवले ३, विकास दासले २ तथा अविशेक कार्की र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ