News Category 2078/12/12
प्रिमियर लिगमा टिभीएस किंग्स र राजविराज किंग्स विजयी
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको शनिबार सम्पन्न दुई खेलमा टिभीएस किंग्स राजविराज र राजविराज द किंग्स बिजयी भएको छ ।
राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिक्रेट संघको आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न पहिलो खेलमा टिभीएस किंग्स राजविराजले राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गरेको हो । टिभीएस किंग्सको यो दोश्रो जित हो ।
टिभीएस किंग्स राजविराजले १ सय ७५ रनको लक्ष्य दिएपछि राजविराज ब्रदर्शले २० ओभर ब्याटिंङ गरे पनि ८ विकेटको क्षतीमा १ सय २१ रन मात्र बनाउन सक्यो । ब्रदर्शका चन्द्र प्रकाश मेहताले ३९ तथा निरज कुमार यादवले २९ रन योगदान दिए । टिभीएस किंग्सका बलर बिशाल सुश्लिंग र दिपेश सरदारले २÷२ विकेट तथा शेइख इमरान, महबुब आलम र पप्पु यादवले १÷१ विकेट लिए ।
यसअघि टिभीएस किंग्सले २० ओभरमा ८ विकेट क्षतीमा १ सय ७४ रन बनाएको थियो । उसको लागि ओपनर रोहन बिकले सर्वाधिक ४२ रन, बिशाल सुश्लिंगले ३५ रन तथा महबुब आलमले ३३ रन योगदान दिए । राजविराज ब्रदर्शका पार्थिव यादवले ३, सोनु तामाङले २ तथा अनुज चुनारा र अजय यादवले १÷१ विकेट लिए । उक्त खेलको प्लेयर अफ द म्याच बिशाल सुश्लिंग घोषित भए ।
शनिबारै भएको दोश्रो खेलमा राजविराज द किंग्सले २० ओभरमा ८ विकेट क्षतीमा २ सय २४ रन बनायो । राजविराज द किंग्सले पहिलो जित दर्ता गर्ने क्रममा तिलाठी कोइलाडी जायन्ट्सलाई १ सय ९ रनको विशाल अन्तरले पराजित गर्यो । द किंग्सले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको जायन्ट्सले १६ ओभरमा १ सय १५ रनमा सम्पूर्ण विकेट गुमायो ।
तिलाठी कोइलाडीको ब्याटिंङमा रोशन विश्वकर्माले सर्वाधिक २० रन बनाए । राजविराज द किंगको बलिंङमा रोहित कुमार सिंह, नन्दन यादव, रुपेश कुमार सिंह र फिर्दोश अन्सारीले समान २ विकेट लिए । द किंग्सका ओपनर सन्तोष कार्कीले आक्रामक ब्याटिंग गर्दै ८८ रन बनाए जुन क्रममा ४१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे । यस्तै नन्दन यादवले ३७, फिर्दोश अन्सारीले ३४ तथा शंकर रानाले २९ रन बनाए । तेश्रो विकेटको लागि सन्तोषले फिर्दोशसंग १०८ रनको साझेदारी गरे ।
तिलाठी कोइलाडीका बलर जितेन्द्र यादवले ३, विकास दासले २ तथा अविशेक कार्की र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ