News Category 2071/06/11
चाडपर्वको अवसरमा सवारी चेक जाचमा कडाई
दैनिक संवाददाता
राजविराज, १० असोज ।
चाडपर्वलाई मध्य नजर गरी सप्तरीमा सवारी साधन चेकजाँचमा कडाई पारिएको छ ।
नेपालीहरुको महान चाड विजयादशमीलाई मध्य नजर गरी सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको विभिन्न स्थानहरुमा सवारी साधन चेकजाँचमा कडाई पारिएको हो ।
सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न स्थानमा अहिले वडा दशैको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले चेकजाँचमा अत्यन्त कडा पारेको छ ।
चाड पर्वको बेला जिल्लामा अपराधिक क्रियाकलाप हुन नदिनका लागि सवारी साधन चेकजााचमा कडाई पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजका प्रमुख विष्णु तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँले चाडपर्वमा जिल्लामा हुने अपराधिक क्रियाकलाप हुन नदिनका लागि सदरमुकाम राजविराजको विभिन्न चौक चौकमा सवारी साधन चेकजाँचमा कडा पारिएको जानकारी दिनुभयो ।
सोे अवसरमा चेकजाँचमा ट्राफिक प्रहरीले सक्रियता देखाए पछि दिनहुँ राजस्व असुलीमा समेत बृद्धि भएको प्रमुख तिमल्सिनाले बताउनुभयो । अहिले दिनहुँ ५ देखि १० हजारको हाराहारीमा राजस्व असुली भईरहेको उहाँले बताउनुभयो ।
त्यस्तै खासगरी चाडपर्वको बेला पुर्व पश्चिम राजमार्गमा पनि सवारी साधन चेकजाँचमा अत्यन्त कडा पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ