News Category 2078/12/16
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
राजविराज द किंग्सले जिल्ला कै सर्वाधिक पुरस्कार राशी भएको मेयरकप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधी हात पारेको छ ।
राजविराजस्थित राजरंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा किंग्सले तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्दै सो उपाधीमाथी हात पारेको हो ।
पहिलो पटककै सहभागितामा उपाधी जितेको किंग्सले ट्रफीसहित ३ लाख रुपैया नगद पुरस्कार हात पारेको छ । उपविजेता बनेका जायन्ट्सले ट्रफि सहित नगद १ लाख ५० हजारमा चित्त बुझाए ।
ट्रस जितेर ब्याटिंग रोजेको राजविराज किंग्सले निर्धारित २० ओभरको खेलमा १९ दशमलब १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३९ रन जोडेको थियो । किंग्सका लागि सन्तोष कार्कीले सर्वाधिक ८२ र रुपेश सिंहले १४ रनको योगदान गरे ।
बलिङतर्फ तिलाठी कोइलाडी जायन्टस्का लागि अभिशेक कार्कीले ४ तथा जितेन्द्रकुमार यादव र योगेन्द्रसिंह कार्कीले समान २÷२ विकेट लिएका थिए । किंग्सका २ खेलाडी भने रनआउट भएका थिए ।
एक सय ३९ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको तिलाठी कोइलाडी जायन्ट् १७ दशमलब ४ ओभरमै सम्पूर्ण विकेट गुमाई १ सय ९ रन मात्र जोड्न सफल भयो । तिलाठीका लागि भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बाहेक अन्य कुनै ब्याट्सम्यान दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । बलिङतर्फ राजविराज किंग्सका अनिल यादव र नन्दन यादवले ३÷३, फिर्दोश अन्सारी २ तथा रुपेश सिंहले १ विकेट लिएका थिए । उक्त फाइनल खेलको म्यान अफ दि म्याच बिजेता टिमका सन्तोष कार्की घोषित भए ।
यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी तिलाठी कोइलाडी जायन्ट्सका सुनिल धमलाघोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृस्ट ब्याट्सम्यान राजविराज द किंग्सका सन्तोष कार्की, उत्कृस्ट बलर राजविराज द किंग्सका रुपेश कुमार सिंह, उत्कृस्ट बलर र ब्याट््सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदयमान खेलाडी तिलाठी कोइलाडीका अभिषेक कार्की घोषित भए उनले १५ हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रशाद यादव तथा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहले पुरस्कार प्रदान गरे।
राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगिताको समाप्ती पछि संघका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समाहरोमा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, उपप्रमुख साधना झा, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह, सल्लाहकार नरेश श्रेष्ठ लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ