News Category 2071/06/11
बोक्सी भन्दै दुव्र्यवहार गर्ने आरोपितहरु विरुद्ध उजुरी
दैनिक संवाददाता
राजविराज, १० असोज ।
कथित बोक्सी भन्दै दुव्र्यवहार गर्ने आरोपितहरु विरुद्ध सप्तरीकी एक पीडित महिलाले उजुरी दिएकी छिन ।
सप्तरीको बोरिया गाविस ८ की ३६ वर्षीय बेचनीदेवी यादवलाई सोही ठाउँका पीडितको काका ससुरा नाता पर्ने ५० वर्षीय शिवु भनिने शिवनारायण यादवलगायतकाले बोक्सीको आरोपमा बारम्बार कुटपिट र दुव्र्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी हुन् ।
आरोपित शिवनारायण, निजकी पत्नी ४५ वर्षीया चननवतीदेवी र निजकी छोरी २० वर्षीया रेणुकुमारी यादव, ४२ वर्षीय रामकुमार यादव र निजकी पत्नी ३५ वर्षीया तपेश्वरदेवी यादवले कथित बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाउन खोजेको भन्दै पीडितले प्रहरीमा निवेदन दिएकी हुन् ।
आरोपितहरुले ०७० कातिर्क २१ र २२ गते तथा ०७१ वैशाख ११ गते कथित बोक्सीको आरोप लगाउँदै गम्भीर घाइते बनाएकोमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पनि कारबाही नगर्दा आरोपितहरुको मनोबल बढेको पीडितले बताइन् ।
क्यान्सर रोगका कारण पाँच वर्षअघि मृत्यु भएका आङ्खना पतिको मृत्युको दोष लगाउनेदेखि रुख सुकेको र गोठको भैसी बिमारी भएकोमा समेत टुनामुना गरेको भन्दै आफूलाई दोष दिने र कुटपिट गर्ने गरेको पीडितको आरोप छ ।
आरोपित शिवनारायणले भने जग्गासम्बन्धी विवादका कारण दुख दिने उदेश्यले बेचनीदेवीले झुठो आरोप लगाएर आफूविरुद्ध मुद्दा दिएको बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ