News Category 2071/06/13
प्रजिअ यादवद्धारा स्थायी शान्तिको कामना
दैनिक संवाददाता
राजविराज, १२ असोज ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा शुभकामनाका साथै मुलुकमा स्थायी शान्तिको कामना गर्नुभएको छ ।
कर्मचारी मिलन केन्द्र राजविराजको आयोजनामा आईतबार आयोजित विजयादशमी, तिहार र छठ पर्व २०७१ को शुभ उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट उहाँले सो कामना व्यक्त गर्नुभएको हो ।
एक अर्को प्रसङ्गमा उहाँले कर्मचारीहरुको भवन रकम अभावमा जिर्ण रहेकोमा चिन्ता ब्यक्त गर्नुहुदै कर्मचारी मिलन केन्द्रलाई उचित संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दानसिंह बोहरा, स्थानीय विकास अधिकारी सुरेश राउत, पुर्व कर्मचारी रामनरेश सिंह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुमार पाठक, जिल्ला कृषि विकास कार्यालयका प्रमुख अशोक कुमार दास यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झा, पत्रकार शुभ नारायण यादव, केन्द्रका सचिव तथा उद्योग अधिकृत रघुवर साह, मानवअधिकार हुर्क नेपालका अध्यक्ष पार्थो सरकार लगायतका बक्ताहरुले वडा दशै, दिपावली र छठ पर्वको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा जिल्लामा नवआगन्तुक जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दानसिंह बोहरा, डिएसपी केदार ढाकाल र स्थानीय विकास अधिकारी सुरेश राउतलाई सम्मान समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ