News Category 2070/03/20
प्रमुख नआएपछि र अनमी सुतेपछि साल झुण्डिएर नवजात शिशुको मृत्यु
दैनिक संवाददाता
राजविराज, १९ असार ।
सप्तरीको बभनगामाकट्टी गाविसको तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखले डियूटि नगरेपछि र भएका एक जना स्वासथ्यकर्मी औषधि खाएर सुतेपछि एक नवजात शिशुको ज्यान गएको छ ।
स्वास्थ्यकर्मीहरुको लापर्वाहीले शिशुको ज्यान गएपछि त्यस ठाउँका महिलाहरु आन्दोलित भएका छन् । महिलाहरुले डियूटि नगर्ने र लापर्वाही गर्ने स्वास्थ्यकर्मीलाई कार्वाही र पीडितलाई क्षतिपूर्तीको माग गर्दै प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार तालाबन्दी गरी दिनभर धर्ना दिएका छन् ।
घट्ना अनुसार बभनगामाकट्टी गाविस ३ बस्ने इन्द सदाकी २५ बर्षीया पत्नी चन्देश्वरी सदालाई प्रसुति व्यथा लागेपछि सुत्केरी गराउन मंगलबार बिहान १० बजे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । केन्द्र प्रमुख गंगा यादव बिगत तीन दिनदेखि अनुपस्थित भएपछि त्यहाँ उपस्थित अनमी अमिता यादवले खाना खुवाएर दिउँसो ल्याउन भनिन् । पछि दिउँसो ३ बजे ल्याएपछि ४ बजे बेडमा राखेर अमिताले उनको देखभाल शुरु गरेकी थिइन् ।
राति १० बजे शिशु जन्मिन शुरु गरेपछि आफैं बिरामी भएकी अमिता औषधि खाएपछि सुतिन् । ‘बच्चा जन्मिन थालिसकेको थियो’ स्थानीय मानती सदाले भनिन्, ‘‘ बच्चाको टाउको निस्किसकेपछि अमितालाई जगाउन धेरै प्रयास गरिएपनि उनी उठिनन् ।’’
आधा घण्टापछि अनमी अमिता व्यूँझेपनि बच्चा मरिसकेको मानतीले बताइन् । अमिताले देख्न जाँदा टाउको निस्किसकेको बच्चाको घाँटीमा साल झुण्डिएकाले ज्यान गएको प्रतिकृया दिइन् । मृत्यु भएको शिशु छोरा थिए ।
चन्देश्वरीको प्रसुति हुनुअघि केन्द्र प्रमुख गंगा यादवलाई बारम्बार फोन गरेपनि उनी नआएको अनमी अमितालाई उदृत गर्दै स्थानीयहरुले बताएका छन् ।
केन्द्रमा स्वास्थ्यकर्मी हुँदाहुँदै प्रसुतिको ज्यान गएपछि त्यहाँका महिलाहरुले प्राथमिक स्वास्थ्य केन्द्रमा ताला लगाउँदै बुधबार दिनभर धर्ना दिएका छन् ।
दिउँसो तीन बजेतिर इलाका प्रहरी कार्यालय हनुमाननगरको टोली त्यहाँ पुगेर बिहीबार बिहान ८ बजे केन्द्र प्रमुख गंगासहित जनस्वास्थ्य अधिकृतलाई ल्याउने बताएपछि महिलाहरुले धर्ना तोडेकी थिइन् । महिला अगुवा मानती सदाले लापर्वाही गर्ने स्वास्थ्यकर्मीहरुलाई कार्वाही र पीडितलाई क्षतिपूर्ती नदिइए कड आन्दोनमा उत्रने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ