News Category 2071/06/15
चाडपर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ ः प्रजिअ यादव
दैनिक संवाददाता
राजविराज, १४ असोज ।
वडा दसैंको शुभअवसरमा मंगलबार प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले सम्पूर्ण जिल्लावासीका शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रजिअ निवासमा मंगलबार दिउँसो आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रजिअ यादवले चाडपर्वको बेला जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण सुरक्षा निकाय प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
छिन्नमस्तासम्म जाने बाटो बिग्रेको सम्बन्धमा संचारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले प्रसिद्ध छिन्नमस्ता शक्तिपीठसम्म जाने बाटोघाटो बुधबारदेखी मर्मत भइसक्ने जानकारी दिनुभयो । श्रद्धालुहरुलाई बाटोका कारण आवत जावत गर्न अत्यन्त कठिनाई भइरहेको जानकारी आफूलाई थाहा भएको भन्दै त्यस सम्बन्धमा सम्बन्धित निकायसँग कुरा गरिसकेको बताउनुभयो ।
त्यस्तै चाडपर्वमा नगरभित्र रहेको बिजुलीका पोलहरुमा बत्ति, सरसफाई सम्बन्धि सबै कुराको व्यवस्था मिलाउन पनि नगरपालिकालाई निर्देशन समेत दिइसकेको बताउनुभयो ।
त्यस्तै छिन्नमस्ता शक्तिपीठमा सप्तमी र कंकालनी मन्दिरमा अष्टमी र नवमीका दिन बढी भिंड हुनेगरेकोले सो दिन श्रद्धालुहरुलाई पुजापाठ गर्न सुरक्षा निकायलाई व्यवस्था मिलाउन समेत निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो ।
सोही अवसरमा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानसिंह बोहरा, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक ह्दयनारायण मण्डल, कृष्णदल गणका सेनानी बिमल थापा, अनुसन्धान अधिकृत संजय कुमार मण्डल तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ