News Category 2079/03/19
सप्तरी, पर्सा, बारा र सिरहा सेमिफाईनलमा प्रवेश
दैनिक समाचारदाता
राजबिराज, १९ असार ।
राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा सप्तरी, पर्सा र बारा प्रवेश गरेका छन ।
आईतवार सम्पन्न लिग चरणको तीन वटा खेल अन्तरगत पहिलो खेलमा सप्तरीले धनुषालाई ३ बिकेटले, दोस्रो खेलमा पर्साले सर्लाहीलाई ४ बिकेटले तथा तेस्रो खेलमा बाराले रौतहटलाई पराजित गरेको हो भने सिरहा नेट रन रेटको आधारमा सेमिफाईलमा प्रवेष गरिसकेको छ ।
पहिलो खेलमा धनुषाले टस जितेर निर्धारित १५ ओभरको खेलमा ८ बिकेट गुमाएर ९३ रनको योगफल खडा गरेको थियो । जवाफमा सप्तरीले १३ ओभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पारेको छ । खेलको म्यान अफ दि म्याच रोहित सिंह घोषित भए ।
यस्तै पर्सा र सर्लाही बिच भएको दोस्रो खेलमा टस जितेर सर्लाहीले ७ बिकेट गुमाई १ सय २० रनको योगफल खडा गरेका थिए । जवाफमा पर्साले १४ ओभर २ बल खेल्दै ६ बिकेट गुमाई बिजय हात पारेको हो । उक्त खेलको म्यान अफ दि म्याच पर्साका ईमरान शेख घोषित भए ।
यस्तै बारा र रौतहटबिच भएको खेलमा टस जितेर रौतहटले ब्याटिङ गर्दै ७ बिकेट गुमाएर १ सय २ रन बनाएको थियो । जवाफमा बाराले १४ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय रन मात्र बनाएपछि रौतहट बिजयी भयो ।
यता रौतहटले जित हात पारेपनि रन रेटको आधारमा बारा सेमिफाईनलमा प्रवेष गरेको आयोजकले जनाएको छ । उक्त खेलको म्यान अफ दि म्याच रौतहट टिमका रंजित मुखिया घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ