News Category 2079/03/20
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
दैनिक समाचारदाता
राजविराज, २० असार ।
राजविराजमा संचालित प्रथम महेन्द्र नारायण निधी प्रदेश स्तरिय टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले जितेको छ ।
राजविराजस्थित पविमाविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा सप्तरीले सिरहालाई ६ विकेटले पराजित गर्दै उक्त उपाधी जितेको हो ।
१५ ओभरको सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको सिरहाले सबै विकेट गुमाई ९१ रन मात्र बनाउन सक्यो । उक्त योगफलका लागि रुपेश सिंह २६, दिपेश दास २० र अफरुद्धिनले १२ रनको योगदान दिएका थिए ।
९२ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको सप्तरीले १० दशमलब ३ ओभरमा ४ विकेटको क्षतिमा प्राप्त ग¥यो । सप्तरीका लागि रोहन बिकले सर्वाधिक ३१, राहुल मण्डल २१, महबुब आलम १६ (अविजित) र आशिष झाले १० रनको योगदान दिए । तीन विकेट समेत लिए वापत सप्तरीका महबुब आलम फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।
क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादव, क्रिकेट संघका केन्द्रिय कोषाध्यक्ष रोशन सिंह, प्रदेश अध्यक्ष हिरा भगत, प्रदेश उपाध्यक्ष सुनिल महासेठ, प्रदेश सदस्य सतिश सिंह लगायतले पुरस्कार बितरण गरे ।
जिल्ला क्रिकेट संघ सप्तरीको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको समन्वयमा आयोजित उक्त प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका टिमको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ