News Category 2079/03/20
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
दैनिक समाचारदाता
राजविराज, २० असार ।
राजविराजमा संचालित प्रथम महेन्द्र नारायण निधी प्रदेश स्तरिय टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले जितेको छ ।
राजविराजस्थित पविमाविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा सप्तरीले सिरहालाई ६ विकेटले पराजित गर्दै उक्त उपाधी जितेको हो ।
१५ ओभरको सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको सिरहाले सबै विकेट गुमाई ९१ रन मात्र बनाउन सक्यो । उक्त योगफलका लागि रुपेश सिंह २६, दिपेश दास २० र अफरुद्धिनले १२ रनको योगदान दिएका थिए ।
९२ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको सप्तरीले १० दशमलब ३ ओभरमा ४ विकेटको क्षतिमा प्राप्त ग¥यो । सप्तरीका लागि रोहन बिकले सर्वाधिक ३१, राहुल मण्डल २१, महबुब आलम १६ (अविजित) र आशिष झाले १० रनको योगदान दिए । तीन विकेट समेत लिए वापत सप्तरीका महबुब आलम फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।
क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादव, क्रिकेट संघका केन्द्रिय कोषाध्यक्ष रोशन सिंह, प्रदेश अध्यक्ष हिरा भगत, प्रदेश उपाध्यक्ष सुनिल महासेठ, प्रदेश सदस्य सतिश सिंह लगायतले पुरस्कार बितरण गरे ।
जिल्ला क्रिकेट संघ सप्तरीको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको समन्वयमा आयोजित उक्त प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका टिमको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ