News Category 2071/06/24
प्रहरीद्वारा पत्रकार यादवमाथी हाथपात महासंघद्वारा घटना सम्बन्धमा प्रजिअलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, २३ असोज ।
नेपाल पत्रकार महासंघका सभासद एवं नेपाल टेलिभिजन सप्तरी समाचारदाता तथा न्युज टुडे दैनिकका समाचार सम्पादक श्यामसुन्दर यादवलाई प्रहरीले हाथपात गरेको घटनाप्रति महासंघले भत्सर्ना गरेको छ ।
पत्रकार यादवमाथि असोज २२ गते राजबिराज नगरपालिका १ स्थित सडकमा राति ८.१५ बजे मादक पदार्थ सेवन गरेका प्रहरीले हातपात गरी क्यामेरा समेत खोसेको घटना प्रति नेपाल पत्रकार महासंघले दुःख ब्यक्त गर्दै घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवसमक्ष बिहीबार ज्ञापन पत्र बुझाएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडाको नेतृत्वमा गएको पत्रकारहरुको एक टोली प्रजिअ यादव समक्ष ज्ञापन पत्र बुझाएका हुन ।
पत्रकारमाथी भएको प्रहरी ज्यादतीको विषयमा लिखित क्षमायाचना गर्दै दोषी प्रहरी पहिचान गरी सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा दर्ता गरी कारवाही गर्न र सोको सार्वजनिक गर्न आग्रह बुझाइएको ज्ञापन पत्रमार्फत गरेको छ ।
त्यस्तै पीडित पत्रकारको क्षति भएको भौतिक सामाग्री पूर्ववत अवस्थामा उपलब्ध गराउन र सोको क्षतिपूर्ति पाउँनुपर्ने र आमसञ्चारकर्मीलाई भयरहित अवस्था लेख्न, रिपोर्टिङ गर्न र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण सृजना गर्न समेत ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ ।
साथै आफना माँगहरु प्रति संवेदनशील नभए अन्यथा संघर्षका चरणबद्ध कार्यक्रम सहित आन्दोलनमा जान चेतावनी समेत दिइएको छ ।
यसैबिच ज्ञापन पत्र बुझदै सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले देशको चोथौ अंकको रुपमा रहेको प्रेस अर्थात पत्रकार जगतमाथि भएको घटनाको वास्तविकता छानबिन गरी दोषीमाथि आवश्यक कार्बाही गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
यस्तै मधेशी पत्रकार संघ सप्तरीका सचिव चन्दन कुमार यादवले एक विज्ञप्ति जारि गर्दै संघका जिल्ला अध्यक्ष श्यामसुन्दर यादवलाई प्रहरीले गरेको दुरव्यवहारप्रति घोर भत्र्सना गर्दै दोषि प्रहरीमाथी कारवाहीको माग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ