News Category 2071/06/24
माघ ८ मै संविधान जारि गर्ने सभासद्हरुको प्रतिबद्धता
दैनिक संवाददाता
राजविराज, २३ असोज ।
माघ ८ मै संविधान जारी गर्ने एक कार्यक्रममा सहभागि सप्तरीका सभासदहरुले प्रतिवद्धता जनाएका छन ।
इन्सेक सप्तरी, सेतो गुराँस बालविकास सेवा सप्तरीको सहयोग तथा महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र वपरडेक विराटनगर र पुर्वान्चल मानवअधिकार संजालको आयोजनामा राजविराजमा आयोजित हाम्रो सरोकार हाम्रो संविधान जनतासँग सभासद कार्यक्रममा सहभागि सभासदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा सहभागि एमाओवादीका सभासद उमेश कुमार यादवले सहमतिको आधारमा संविधान बन्नका लागि एमाओवादी लच्चिलो रहेको बताउँदै सत्तारुढ दलका कारण अगामी माघ ८ गतेभित्रमा संविधान जारी हुन नसक्ने आरोप लगाउनुभयो ।
उहाँले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान आउनुपर्नेमा जोड दिनुहुँदै प्रजातान्त्रिक संविधान मुलुकमा आवश्यकता रहेको बताउँनुभयो ।
त्यसैगरी कार्यक्रममा अर्का सभासद् गंगा प्रसाद यादवले सप्तरीको विकासका लागि यहाँका सभासदहरु प्रतिवद्ध रहेको जिकिर गर्दै जिल्लाको राजविराज कुनौली सडक खण्ड लगायतका सडक र बाटोघाटो निमार्णका लागि आफुहरुले आवश्यक पहल गरिरहेको बताउँनुभयो ।
त्यस्तै सभासद सुरेन्द्र प्रसाद यादवले प्रजातान्त्रिक पद्धतिबाट बहुमतिय प्रणाली अगाडी बढाएर मुलुकको संविधान निमार्ण गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
वपरडेककी अध्यक्ष संजु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, ईन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेल, नागरिक समाजका अध्यक्ष थानसिंग भन्साली, ओम प्रकाश साह, मैथिली साहित्य परिषदका अध्यक्ष विवेकानन्द मिश्र लगायतका बक्ताहरुले माघ ८ भित्रै मुलुकमा संघीयता सहितको संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा जिल्लाका सबै १७ सभासद्हरुलाई निमन्त्रणा दिइए पनि मात्र तीन जना सभासद्हरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ