News Category 2071/06/26
महाकविद्वय देवकोटा र विद्यापतिको जयन्ति मनाइने
राजविराज÷सगरमाथा अंचलकै जेठे साहित्यिक संस्था सगरमाथा साहित्य परिषद्ले आगामी कात्तिक १ गते शनिबार राजविराजमा महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा र विद्यापति जयन्ति एकै साथ मनाउने निर्णय गरेको छ ।
राजविराजस्थित पवि उच्च माविमा शनिबार सम्पन्न परिषद्को प्रथम पूर्ण बैठकले महाकविद्वयको जयन्तिका अवसर पारेर साहित्य गोष्ठी र पदस्थापन समारोह गर्ने निर्णय गरेको परिषदका सचिव नन्दलाल आचार्यले जानकारी दिनुभयो ।
वि. सं. २०४४ साल कात्तिक २५ गते स्थापित परिषद्को लामो समयपछि गत असोज ११ गते सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति र सल्लाहकार समिति निर्वाचित गरेको थियो ।
यसैगरी वैठकले रिक्त रहेको सदस्य पदमा ओखलढुङ्गाका बिजयकान्त धमलालाई मनोनित गरेको छ । वैठकले विभिन्न साहित्यकारहरुको जयन्ति, दिवस, चाड र अवसरहरुमा साहित्यिक कार्यक्रम गर्ने, सदस्यता र संगठन विस्तार गर्ने, संस्थागत विकास र कार्यालय व्यवस्थापन गर्ने लगायतको वार्षिक कार्ययोजना समेत पारित गरेको छ ।
परिषद्का अध्यक्ष मनोहर कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न वैठकमा सल्लाहकारहरु अनिल कुमर अनल, मन्जु श्रेष्ठ, मीना ठाकुर, शिवहरि भट्टराई र आमन्त्रित सदस्यहरु मोहन उपाध्याय, गणेशलाल देव, व्यासशंकर उपाध्याय र करुणा झाको उपस्थिति रहेको थियो ।
वैठकमा अध्यक्ष, सचिवसहित उपाध्यक्ष साधना झा, सहसचिव अजयकुमार झा, सदस्यहरु श्यामसुन्दर यादव, सागर बीर कडारी, खिलानाथ गौतम, इन्द्र बहादुर थापा, शिवकान्त सुमनको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ