News Category 2071/06/26
कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड
राजविराज÷राष्ट्रिय सहकारी बैकंका संचालक ज्ञान बहादुर तामाङ्गले सहकारी संस्थाले मुलुक र समाजमा आमुल परिवर्तन ल्याउन सक्ने भएकोले कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
समुदाय विकासको लागि सहकारी भन्ने मुल नाराका साथ जनज्योति कृषि सहकारी संस्था लि. मलेठ सप्तरीको शनिबार चोथौ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संचालक तामाङ्गले सो कुरामा जोड दिनुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्दै उहाँले आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्तिका लागि सहकारी संस्थाहरुले अहम भुमिका निर्वाह गरेको बताउँदै सहकारी अभियानमा सदैव सम्पुर्णलाई लाग्नुपर्ने बताउँनुभयो ।
उहाँले गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी भन्ने नारालाई साकार पार्न जनज्योति कृषि सहकारी संस्था लि. प्रतिवद्ध रहेको बताउँनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जिल्ला कृषि विकास कार्यालयका प्रमुख अशोक कुमार दास यादवले नेपालमा ५८ वर्ष सहकारी संस्थाहरुले पार गरेको बेला अहिले मुलुकमा साढे २९ हजार सहकारी संस्थाहरु रहेको जानकारी दिनुभयो ।
उहाँले सप्तरीमा मात्र करिब ६ सयको हाराहारीमा सहकारी संस्थाहरु रहेको बताउँदै सहकारी संस्थाको विकासले मात्र मुलुक र समाजको विकास सम्भव हुने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले जनज्योति कृषि सहकारी संस्थाको विकास र उन्नतिका लागि आफु सदैव तयार रहने प्रतिवद्धता जनाउँनुभयो ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित सो वार्षिक साधारण सभामा शेयर सदस्य एवं सगरमाथा पेट्रोलियम एशोसिएशनका अध्यक्ष हरेकृष्ण प्रसाद सिंह हरिबाबु, सहकारी संघका प्रवन्धक रमेश गुप्ता, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक लोकेन्द्र केसी, रमा अधिकारी, श्रृजना फाईनान्स लि.का प्रमुख राज कुमार यादव, नेकपा एमालेका उपाध्यक्ष अब्दुल मजिद साकिर, मनोकामना सहकारी संस्थाका संचालक कृपानान्द रोका लगायतका बक्ताहरुले सहकारीको माध्यमबाट मुलुकको विकास हुने विश्वास ब्यक्त गर्नुभयो ।
त्यसैगरी सोही साधारण सभामा संस्थाका जेष्ठ शेयर सदस्य हरेकृष्ण प्रसाद सिंह हरिबाबु, ज्येष्ठ नागरिक १ सय १० वर्षीया बृद्धा जानकी देवी यादवनी र ९० वर्षिय झवर महतो, उत्कृष्ट बचतकर्ता पल्टी देवी ताती, प्रमोद कुमार ठाकुर र रजनी कुमारी गुप्ता, उत्कृष्ट ऋणकर्ता शम्भु प्रसाद यादव र बजार प्रतिनिधि शर्मिलादेवी मण्डललाई प्रशंसा पत्र र दोसल्ला ओढाई प्रमुख अतिथिले सम्मान गर्नुभयो । बजार प्रतिनिध मण्डललाई १ हजार ५ सय नगद समेत प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ