News Category 2071/06/25
बोक्सी भन्दै पुनः महिला कुटिइन
शुभ नारायण यादव
राजविराज, २४ असोज ।
सप्तरीलगायत तराईका जिल्लाहरुमा बोक्सीको आरोपमा महिलाहरु कुटिने क्रम रोकिनुका साटो झन् बृद्धि हुँदै गएको छ ।
पछिल्लो पटक सप्तरीको बरही बिरपुर गाविस ३ हाटी टोलमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन । स्थानीय मो.जमालकी ३० वर्षिया श्रीमति सहिदा खातुनलाई बोक्सीको आरोपमा बुधबार दिउँसो निर्घात कुटपिट गरिएको हो ।
पीडितकी श्रीमान विगत केही वर्षदेखि वेदैशिक रोजगारीका लागि साउदीमा छन् । उनका छिमेकीहरु आसिन मियाँका ३० वर्षिय छोरा मो.हविव र उनका भाई १७ वर्षिय मो.ईसराफिल सहितले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको पीडितले बताइन् ।
कुटपिटबाट महिला खातुनको डाढ सहित शरिरको विभिन्न स्थानमा गम्भिर चोट लागेको तथा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान पठाइएको उनका आफन्तजनले बताएका छन ।
यसअघि पनि उनलाई आप्mनै छिमेकीहरुले तिमी बोक्सी हो भनि पटक पटक गाली गलौज र कुटपिट गर्दै आएको पीडित महिलाले बताइन् । यसैबिच पीडितले न्यायको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको उनका आफन्तजनले बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ