News Category 2071/06/27
“मापसे” रोक्न लाइसेन्समा प्वाल पार्ने अभियान सुरु जनशक्ति अभावमा ट्राफिक व्यवस्थापनमा समस्या
शुभ नारायण यादव
राजविराज, २६ असोज ।
दिन दिनै जनघनत्व बढ्दै गएको सप्तरी जिल्लामा सवारी साधनको चाँप समेत बढ्दै जादा सडक र सवारीको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई साधन र स्रोतको अभावमा खड्कीएको छ ।
सवारी साधनको चाप दिन दिनै बढ्दै जादा त्यसको अनुपातमा जनशक्ति नहुदाँ ट्राफिक व्यवस्थापन गर्नका लागि कठिनाई हुने गरेको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ ।
सप्तरीको सदरमुकाम राजविराज क्षेत्रमा पछिल्लो समय सवारी साधनको चाप बढ्दै जादा त्यसको व्यवस्थापनमा कठिनाई भएको छ । राजविराजमा हाल एक महिला सहित ८ जना मात्र ट्राफिक प्रहरी छन्, सबै जना भ्याई नभ्याई छ तर पनि सबै क्षेत्रमा ट्राफिकको व्यवस्थापन गर्न समस्या उत्पन्न भईरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
जनशक्ति सँगै ट्राफिकलाई स्रोत र साधनको अभाव छ भने सवारी साधनको चेक जाच गर्ने ट्राफिक प्रहरी आफैसँग सवारी साधन छैन । कुनै स्थानमा तत्काल घटना घटि हालेमा पुग्नका लागि साधन नहुदा समस्या पर्ने गरेको छ ।
यसैबिच मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम सप्तरीमा नरोकिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले मादक पदार्थ सेवनलाई निरुत्साहित गर्न नयाँ अभियान सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको निर्देशनमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पार्ने अभियान सुरु गरेको हो ।
सप्तरी सदरमुकाम राजविराज तथा आसपासका विभिन्न स्थानमा ट्राफिक प्रहरीले छड्के जाँच गर्दै वेथलाइजर मेसिनको माध्यमबाट चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्दै आएको छ ।
जाँचको क्रममा चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाएमा तत्काल सवारीसाधन र चालक अनुमति पत्र नियन्त्रणमा लिई कारबाही स्वरुप रु एक हजार जरिवानासहित लाइसेन्समा प्वाल पार्न अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजका इन्चार्ज विष्णु तिमसिनाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“मादक पदार्थ सेवन गरी चालकले सवारी चलाएको सात पटकसम्म पाइए उसको सात पटक नै लाइसेन्समा प्वाल पार्छौं र उक्त लाइसेन्स स्वतः रद्द हुनेछ ।”
सप्तरीमा सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउन अभियान थालिएको र रातको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा अत्यधिकरुपमा दुर्घटना हुने भएकाले ट्राफिक प्रहरीले सो कदम चालेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ