News Category 2079/04/26
सकारात्मक भूमिका आवश्यक
बहुचर्चित एवं प्रतिक्षित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य शूरु भएपछि सप्तरीवासीको वर्षौदेखीको सपना साकार हुने संकेत देखापरेको छ । डीपीआरका लागी सम्झौता भएपछि अब कार्यले गति लिने आशा पलाएको छ । राजविराज नगरपालिका वडा नं. १० स्थित हुलाकी राजर्मागको छेउमा नरपालिकाले उपलब्ध गराएको ६२ विघा जग्गामा निर्माण कार्य सुरु भएको हो । जग्गाको घेरवार, वातावरणीय प्रभाव मुल्याँकन, भुमिको अवस्था, माटोको परिक्षण लगायतको काम यस अघि नै सकाएको सम्पन्न भएपछि डीपीआरको काम समेत अघि बढेको सकारात्मक पक्ष हो ।
प्रतिष्ठानको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न करिब १२ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको छ । निर्माण कार्य सम्पन्नपछि जिल्लाको विकासले गति लिने छ । वर्षौदेखी विकासको पर्खाईमा रहेको यस जिल्लामा प्रतिष्ठान स्थापना पछि विकासले फड्को मार्ने निश्चित छ । यद्दपी प्रतिष्ठानको ऐन निर्माणमा ढिलाई हुँदा निर्माण कार्य केही सुस्त देखिए पनि सम्झौता सम्पन्न भएपछि अब निर्माण कार्यले गती लिनेमा दुईमत नहोला ।
यसबाहेक यस्ता कार्यप्रति जिल्लावासीले सकारात्मक पहल गर्न आवश्यक छ । तसर्थ यस्ता विकासीय कार्यप्रति स्थानियका साथै सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवि, संचारकर्मी, सरोकारवाला निकाय लगायतको सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । अनिमात्र विकासीय कार्यले गति लिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ