News Category 2079/04/28
संघ सरकारबिरुद्ध मधेश प्रदेश सरकार आन्दोलनमा
दैनिक समाचारदाता
जनकपुर, २८ साउन ।
मधेश प्रदेश सरकारले आइतबारदेखी संघ सरकारबिरुद्ध आन्दोलन गर्ने भएको छ । प्रहरी समायोजनमा गम्भीरता नदेखाएको भन्दै प्रदेश सरकारले आन्दोलनको घोषणा गरेको हो ।
मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघ सरकारले प्रहरी समायोजनमा गम्भीर नभएको भन्दै शनिवार पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आन्दोलनका कार्यक्रम अनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने रहेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने धर्ना कार्यक्रममा मधेस प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाज, वुद्धिजीवी लगायतका व्यक्तिहरुको सहभागिता रहने छ ।
धर्ना कार्यक्रम एक सातासम्म चल्ने र त्यसपछि पनि संघ सरकार गम्भीर नभए दोस्रो चरणका आन्दोलन घोषणा गर्ने मन्त्री साहले बताए ।
उनले गठबन्धनमा रहेका केही दल संघीयता विरोधी रहेको र उनीहरू संघीयता सबल नहोस् भन्ने चाहेकाले प्रहरी समायोजना गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाए ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाइसकेको र त्यसपछि प्रदेश प्रमुख मार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताउँदै उनले संघीय सरकारले वास्ता नगरेपछि बाध्य भएर धर्ना दिन लागिएको जानकारी दिए ।
यसअघि साउन २२ गते प्रहरी समायोजन गर्न मधेश प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षणपत्र बुझाएको थियो ।
गृह तथा सञ्चारमन्त्री साहले संघीय संसदबाट पारित भएको प्रहरी कर्मचारी समायोजन ऐन २०७६ एवं नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी ऐन २०७६ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेकाले शीघ्र रुपमा प्रहरी समायोजन हुनुपर्ने बताए ।
संविधानको धारा २६८ ले प्रदेश प्रहरीको संगठन व्यवस्थापन गरेको तथा संविधानकै अनुसूची ६ को क्रम सख्या १ मा शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूचीभित्र उल्लेख रहेकाले संविधानको कार्यान्वयन तथा प्रदेशमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि चुनाव अगाडि नै प्रहरी समायोजन हुनु पर्ने माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ