News Category 2071/06/28
जिल्लाको विकासका लागि सभासदहरुले उद्योग बाणिज्य संघस“ग गरेको प्रतिबद्धता सार्वजनिक
दैनिक सम्वाददाता
राजविराज,२७ असोज ।
जिल्लाको समग्र विकासका लागि सप्तरीका सभासदहरुले उद्योग बाणिज्य संघ सप्तरीसँग गरेको प्रतिबद्धता सोमबार राजविराजमा पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएको छ ।
आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अरुण कुमार प्रधानले सप्तरीका सभासद्हरुसँग केही दिन अघि राजविराजमा गरिएको छलफल कार्यक्रममा जिल्लाको विकासका लागि सभासद्हरु प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
उहाँले उद्योग व्यापारको मेरुदण्ड मानिने सप्तरी जिल्लामा हुलाकी मार्ग सहित राष्ट्रिय राजमार्गदेखि भारतीय सिमासंग जोडिने स्थल मार्गहरु र जिल्लाका मूख्य गामीण बजार जोड्ने सहायक मार्गको सम्पूर्ण पूर्वाधारहरुको मर्मत तथा निर्माण गर्ने लगायतका सम्बन्ध छलफल गरिएको जानकारी दिनुभयो ।
त्यस्तै वि.सं. २०१७ सालमा स्थापित राजविराज विमानस्थल केही समय मात्र सञ्चालन भई विगत १५÷२० बर्ष देखि सञ्चालनमा नरहेको पूर्वान्चलकै दोश्रो विमान स्थलको रुपमा रहे पनि पूर्वाधारको अभावमा यसको सेवा अवरुद्ध रहँदै आएकोले पनि यस क्षेत्रको विकासमा कमि आएको उल्लेख गर्दै यसतर्फ पनि सभासद्हरु संचालन गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
त्यसैगरी यस जिल्लामा मुख्य नाकाका रुपमा सिमावर्ती बेलही—कुनौली स्थित राजविराज भंसार कार्यालय र ५ वटा अन्य छोटी भंसार कार्यालय रहेकोमा त्यस मध्ये नगरलाई मूल भंसारसँग जोडने मूख्य सडक राजविराज—कुनौली सडकलाई पुनःनिर्माण गरि संचालनमा ल्याउने जनाउनुभयो । विगत १५ वर्ष देखि पूर्णतया जिर्ण रहेकोले उक्त भंसारसम्म जान आउन मात्र नभई व्यावसायिक प्रयोजन समेतमा निकै अप्ठेरो स्थिति रहेको बताउनुभयो । मुख्य भंसार कार्यालय सम्मको सडक सुदृढिकरण गर्नुका साथै छोटी भंसार कार्यालयहरुको क्षमता अभिबृद्धि गराई आयात निर्यातको सहज अवस्था निर्माण गर्ने लगायत पर्यटन भित्र्याउने कार्यमा सभासदहरुको सहयोगको अपेक्षा राखेको जनाउँदै छोटी भंसारहरुमा सखडा छिन्नमस्ता भंसार सम्म भारत तर्फ ४ लेनको सडक बनाउने जानकारी दिइएको छ ।
त्यसैगरी कार्यक्रममा राजविराज, कञ्चनपुर हुंदै फत्तेपुर सम्म सप्तरीमा रहेको हुलाकी राजमार्ग खण्ड र राजबिराज देखि पत्थरगाढा, बरसाइन हुँदै सिरहा सम्म गएको सिरहा रोड विगतका दिनहरुमा निर्माण गर्ने व्यापक प्रतिबद्धता भए पनि हालसम्म निर्माण हुन नसकेकोमा चिन्ता ब्यक्त गरिएको छ ।
उद्योगको लागि गजेन्द्र नारायण सिंह औद्यौगिक क्षेत्रको रुपमा भौतिक पूर्वाधार भए पनि औद्यौगिक बाताबरण नभएर यहाँ उद्योगले मूर्त रुप लिन नसकिरहेको अवस्थामा त्यसलाई सुधार गरि उद्योग स्थापनाका लागि पहल गरिने उल्लेख गर्नुभयो ।
यस्तै अञ्चलदेखि जिल्लाको सदरमुकामको रुपमा रहेको यस राजबिराज नगरमा निकै कार्यालयहरु रहेको जनाउँदै अन्य कार्यालय भन्दा पनि व्यावसायी र आम मानिसहरुको समेत प्रत्यक्ष सरोकारको रुपमा रहेको तत्कालिन कर कार्यालय २०५५ सालमा आन्तरिक राजस्व कार्यालयमा परिणत हुँदा यस जिल्लावाट विस्थापित गराई सिरहा जिल्लाको लहानमा सारिँदा यस जिल्लाका करदाताहरु निकै मार्कामा परेकोप्रति पनि पहल गरिने जनाइएको छ ।
नेपाल सरकारको नीति अनुसार १० हजार भन्दा बढी कर दाता रहेको जिल्लामा आ.रा.का. स्थापना गर्ने र सो अनुसार ३२ वटा आ.रा.का. स्थापना गरिने भएकोले सो मध्येबाट एउटा आ.रा.का. राजविराजमा स्थापनाको लागि पहल गरिने जनाइएको छ ।
यस्तै जिल्ला कृषिमा आधारित जिल्ला भएको र यस जिल्लामा धान, माछा र आंपको उत्पादन प्रचुर मात्रामा रहेको जनाउँदै जिल्लामा व्यवसायीक कृषि उत्पादन र उत्पादित वस्तुहरुको उद्योग स्थापना गर्न अनुदानको व्यवस्था हुनु पर्नेमा जोड दिनुभयो ।
कृषकको आवश्यक्ता अनुसार मल खाद र सिंचाईको व्यवस्था हुन पनि अति आवश्यक देखिएको जनाउँदै कृषि औजार, कृषि संग सम्बन्धीत उद्योग स्थापनाको लागि अनुदानको व्यवस्था र कृषकको मांग अनुसारको मल खाद तथा सिंचाई सुविधाको व्यवस्था हुनुपर्ने उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले सभासदहरु समक्ष माँग गर्नुभएको जनाउनुभयो ।
उक्त छलफल कार्यक्रममा जिल्लाका १७ सभासद मध्ये उमेश कुमार यादव, लक्ष्मी चौधरी, जितेन्द्र नारायण देव, मिथिला चौधरी, रन्जित कर्ण, गंगा प्रसाद यादव, सुरेन्द्र यादव गरी ७ जनाको मात्र उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ