News Category 2079/05/03
स्वास्थ्यप्रतिको खेलवाड गर्नेलाई चेतावनी होइन कारवाही आवश्यक
अहिले बजारका अधिकांश होटल, मिठाई, नास्ता तथा खाद्यान्न पसलेहरुले मानव स्वास्थ्यप्रति खेलवाड गरिरहेका छन् । पसल खोलेर मानिसहरुलाई सेवा प्रदान गर्नु तर उनीहरुको स्वास्थ्यलाई ख्याल नगरि बासि, सडेगलेको, गुणस्तरहीन खाना प्रदान गर्नु गैरकानुनी हो । यस्ता गुणस्तरहीन सामाग्रि बिक्रि गर्ने पसलेहरुलाई कानुनी दायरामा ल्याएर दण्ड सजाय, जरिवाना तोक्नु पर्नेतर्फ सम्बन्धीत निकायले हिचकिचाहट गर्नु हुँदैन् । यसै त अहिले सम्पूर्ण खानेकुरामा मिसावट गरेको पाइन्छ । जसले गर्दा मानव स्वास्थ्यमा गम्भिर असर पु¥याइरहेको हुन्छ । त्यसमा पनि होटल संचालकहरुले अझ ती खाद्यान्नहरुलाई हेलचक्राई तथा जिम्मेवारहीन तरिकाले पकाएर ग्राहकलाई पस्किने गरेको पाइएको छ ।
जिल्लाका विभिन्न होटलहरुमा बासी तथा सडेगलेका खानेकुराहरु खुल्लेआम विक्रि भईरहेको छ । अधिकांश होटलहरुमा मिसावटयुक्त नास्ता र सडेगलेका बासी खानेकुराहरु गुणस्तरहीन तेलमा पकाएर विक्रि वितरण हुने गरेको छ । सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्ने गरी खुल्लेआम मिसावटयुक्त तथा बासी र सडेगलेका खानेकुराहरु विक्रि वितरण गर्ने होटलहरुमा पटक पटक जिल्ला अनुगमन टोलीले पक्राउ गरेपनि कुनै ठोस आवश्यक कानुनी कार्बाही नगरेकै कारण उनीहरुको मनोबल उच्च रहेको देखिन्छ ।
तसर्थ, सर्वसाधारणको स्वास्थ्यलाई प्रत्यक्ष असर पु¥याउने खालका खानेकुराहरु विक्रि गरिरहेका पसल संचालकहरुलाई बजार अनुगमन समितिले चेतावनी नदिइ सिधै कारवाही गर्नुको विकल्प छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ