News Category 2079/05/03
स्वास्थ्यप्रतिको खेलवाड गर्नेलाई चेतावनी होइन कारवाही आवश्यक
अहिले बजारका अधिकांश होटल, मिठाई, नास्ता तथा खाद्यान्न पसलेहरुले मानव स्वास्थ्यप्रति खेलवाड गरिरहेका छन् । पसल खोलेर मानिसहरुलाई सेवा प्रदान गर्नु तर उनीहरुको स्वास्थ्यलाई ख्याल नगरि बासि, सडेगलेको, गुणस्तरहीन खाना प्रदान गर्नु गैरकानुनी हो । यस्ता गुणस्तरहीन सामाग्रि बिक्रि गर्ने पसलेहरुलाई कानुनी दायरामा ल्याएर दण्ड सजाय, जरिवाना तोक्नु पर्नेतर्फ सम्बन्धीत निकायले हिचकिचाहट गर्नु हुँदैन् । यसै त अहिले सम्पूर्ण खानेकुरामा मिसावट गरेको पाइन्छ । जसले गर्दा मानव स्वास्थ्यमा गम्भिर असर पु¥याइरहेको हुन्छ । त्यसमा पनि होटल संचालकहरुले अझ ती खाद्यान्नहरुलाई हेलचक्राई तथा जिम्मेवारहीन तरिकाले पकाएर ग्राहकलाई पस्किने गरेको पाइएको छ ।
जिल्लाका विभिन्न होटलहरुमा बासी तथा सडेगलेका खानेकुराहरु खुल्लेआम विक्रि भईरहेको छ । अधिकांश होटलहरुमा मिसावटयुक्त नास्ता र सडेगलेका बासी खानेकुराहरु गुणस्तरहीन तेलमा पकाएर विक्रि वितरण हुने गरेको छ । सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्ने गरी खुल्लेआम मिसावटयुक्त तथा बासी र सडेगलेका खानेकुराहरु विक्रि वितरण गर्ने होटलहरुमा पटक पटक जिल्ला अनुगमन टोलीले पक्राउ गरेपनि कुनै ठोस आवश्यक कानुनी कार्बाही नगरेकै कारण उनीहरुको मनोबल उच्च रहेको देखिन्छ ।
तसर्थ, सर्वसाधारणको स्वास्थ्यलाई प्रत्यक्ष असर पु¥याउने खालका खानेकुराहरु विक्रि गरिरहेका पसल संचालकहरुलाई बजार अनुगमन समितिले चेतावनी नदिइ सिधै कारवाही गर्नुको विकल्प छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ