News Category 2071/07/05
धरौटीबाट रिहा हुन तयार नभएका डा. राउतका लागि मधेशमा रकम संकलन गरिदै
दैनिक संवाददाता
राजविराज, ४ कात्तिक ।
पचास हजार धरौटी तिर्न नसकि डिल्लीबजार स्थित करागारमा रहेका डा.सिके राउतको रिहाईका लागि सप्तरी सहित मधेशका जिल्लाहरुमा रकम संकलन गर्न थालिएको छ ।
डा.राउतको रिहाईका लागि सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको मुख्य मुख्य शहरहरुमा दान पेटिका राखि चन्दा संकलन गरिदै छ ।
आफूमाथि लागेका सम्पूर्ण मुद्दाहरु फिर्ता नभएसम्म धरौटीमा रिहा नहुने बताएका छन् । धरौटी बुझाएर रिहा भयो भने गलत नजिर बस्ने भन्दै धरौटी बुझाएर रिहा हुने पक्षमा उनी देखिएका छैनन् ।
डा.सिके राउतले यदि आफूले धरौटी राखेर रिहा भए त्यसको गलत नजिर स्थापित हुने भन्दै त्यसले वाक स्वतन्त्रता पनि कुण्ठित हुने पनि डर रहने र्भपछि राउत धरौटी रकम तिर्न मानेका छैनन् ।
डा.राउतले आफू विरुद्धको सम्पूर्ण मुद्दा फिर्ता नहुँदासम्म जेलमै बस्ने बताउँदै उनले अनशनको क्रममा दिएको आश्वासन झुठा सावित भइसकेकाले अर्को आश्वासनको भरमा धरौटीमा रिहा नहुने बताएका छन् ।
त्यस्तै डा. राउतसँग रकम नभएको तथा मधेश युवा नेतृत्वकर्ता तथा विश्व परिचित वैज्ञानिक रहेको र अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा पक्राउ गरिएका डा.राउतलाई जेलबाट रिहा गराउने भन्दै अभियाननै चलाएका छन् । उनका कार्यकर्ताले प्रत्येक मधेशी जनताबाट एक रुपियाँ माग गर्दै अभियान शुरु गरेका छन् ।
मधेशको हरेक जिल्लाको प्रमुख स्थानमा दान पेटिका राखिएको छ भने राजधानीमा मधेशवादी दलका पार्टी कार्यालय अगाडी पनि बाकस राखेर एक रुपियाँ दान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यो बाक्स कात्र्तिक १ गतेदेखि कात्र्तिक ५ गतेसम्म राखिने डा. सिके राउत बचाउ संघर्ष समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ