News Category 2070/03/21
आफ्नै श्रीमान् र सौताबाट कुटिइन् महिला
आमेन्द्र यादव
राजविराज, २० असार ।
सप्तरीको सिम्रहा सिगियौन गाविसकी एक महिला आफ्नै श्रीमान् र सौतासँग कुटिएकी छिन् । कुटपिटबाट चोट लागि उनको बाँया आँखा सुनिएको छ भने शरिरको विभिन्न भागमा निलडाम रहेको छ ।
सिम्रहा सिगियौन गाविस ८ की चन्द्रकला देवी मण्डललाई बुधबार राती सुतिरहेको अवस्थामा श्रीमान रामभरोस मण्डल र सौता चननदेवी मण्डल मिली कुटपिट गरेको पीडितले बताइन् ।
कुटपिटबाट घाइते भएकी चन्द्रकलाले सुतिरहेको अवस्थामा राती करिब ११ बजे मेरो श्रीमान् र सौताले एक्कसी आएर मुक्का, लात, लाठीले कुटपिट गरेको बताइन् ।
यसअघि पीडित चन्द्रकलालाई उनको श्रीमान्ले २०७० असार ८ गते कुटपिट गरि घर निकाला गरिदिएका थिए । घर निकाला गरिएपछि चन्द्रकलाका ससुरोले उनलाई घरकै बरण्डामा शरण दिँदै आएका थिए ।
सो सम्बन्धमा चन्द्रकलाले जिल्ला अदालत सप्तरीमा माना चामल मुद्दा दायर गरेकी छिन् । सोही मुद्दाबाट पन्छाउन उनको श्रीमान् र सौताले कुटपिट गरेको चन्द्रकलाले बताइन् ।
यस्तै पीडितलाई २०६९ साल साउन २४ गते गाउँकै छिमेकी जित मण्डल र गणेश मण्डलले जबरजस्ती करणी गरेको सम्बन्धमा समेत अदालतमा मुद्दा विचाराधिन रहेको छ । सोही समयदेखी पीडित महिला मानसिक, सामाजिक यातनाबाट विच्चलित भई गाउँबाट आएर राजविराज ७ स्थित सखडा मोडमा चिया पसल खोलेर जिविका यापन गर्दै आएकी थिइन् ।
उनको श्रीमान्ले गाउँमै बस्ने वातावरण मिलाउँछु भनी गाउँमा लगेर राखेको र पछि विभिन्न किसिमको मानसिक, शारिरीक यातना दिँदै कुटपिट गरेको पीडितले बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ